ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता, Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailकाठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच अन्तर्रा्ष्ट्रिय आतंकवादविरुद्ध संघर्ष गर्ने सहमति भएको छ।दुई नेताबीचको टेलिफोन वार्ताका क्रममा आईएसलगायत सिरियामा सक्रिय अरु आतंकवादी समूहविरुद्ध संघर्ष गर्ने सहमति भएको क्रेमलिनले जनाएको छ।कुराकानी सकारात्मक र रचनात्मक भएको भन्दै विज्ञप्तिमार्फत क्रेमलिनले व्यापारमा पारस्परिक हित हुने गरी काम गरिनेमा पनि जोड दिइएको उल्लेख गरेको छ।ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको कुराकानी सम्बन्ध सुधारमा महत्वपूर्ण सुरुवात भएको जनाएको छ।उनीहरु सम्पर्कमा रहने र छिट्टै भेटवार्ता हुने जनाइएको छ । चुनावी अभियानकै क्रममा ट्रम्पले पुटिनसँग मिलेर काम गर्ने बताएका थिए।गत जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका ट्रम्पले जापान, जर्मनी, फ्रान्स र अष्ट्रेलियाका नेताहरुसँग पनि टेलिफोन कुराकानी गरेका छन् । (एजेन्सीको सहयोगमा) तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो