• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ७ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ८ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ९ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १० घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ११ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १२ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • १३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • २. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ३. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • ७. वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

  • ८. हनुमान जन्मजयन्ती मनाइँदै

  • ९. राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

  • १०. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

प्रहरी र सरकारी वकीलहरुको २६ बुँदे घोषणापत्र

admin २०७३, माघ, १७

काठमाडौँ,
नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तीन दिने प्रथम राष्ट्रिय सम्मेलन २०७३ आइतबार २६ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।
उक्त सम्मेलन समापनका अवसरमा नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित समारोहमा प्रमुख अतिथि माननीय उप–प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले नेपालको फौजदारी न्याय प्रशासनमा अपेक्षित सुधार ल्याउन र नयाँ प्रविधिको प्रयोग गर्न यस सम्मेलन फलदायी हुने अपेक्षा गर्दै यसका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
दवाव र प्रभावमा नपरी इमानदार भएर कार्य गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री निधिले अपराध अनुसन्धान र अभियोजन परस्पर अन्तरसम्बन्धीत बिषय भएकोले सरकारी वकील र प्रहरीबीचको समन्वय अति आवश्यक रहेको उल्लेख गर्नुभयो । बैज्ञानिक प्रयोग, संगठित अन्तरदेशीय अपराध बिस्तार भएको अवस्थामा पीडितलाई न्याय र अपराधीलाई सजाय दिन तथा दण्डहिनताको अन्त्य गर्न दुबै संस्थाको सामुहिक प्रयासबाट सफलता प्राप्त हुने उहाँले बताउनुभयो ।
समारोहमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले दुबै पक्षको अपेक्षा, समन्वय र सुधारको क्षेत्र, प्रविधिजन्य अपराध, महिला तथा बालबालिका लगायतका बिषयमा छलफल गरिएको सम्मेलनमार्फत जारी भएको घोषणापत्रले फौजदारी न्याय प्रशासनमा सुधार ल्याउने बताउनुभयो ।
उक्त अवसरमा माननीय वरिष्ठतम न्यायाधीश गोपाल पराजुली, नेपाल बार एशोसिएसनका महासचिव खम्बबहादुर खाती र सर्वोच्च बार एसोसियसनका सचिव बिष्णु लुईटेलले समेत सम्मेलनको महत्वबारे आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फौजदारी न्याय थप प्रभावकारी बनाउन दुबै पक्षबीचको यात्रा प्रस्थान बिन्दूको रुपमा सम्मेलन रहेको उल्लेख गर्नुभयो । कानुनी राज्यको अवधारणाको सार्थकताको लागि दुबै पक्षबीच व्यावसायिकतामा आधारित समन्वय अति आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
माननीय महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा पर्यवेक्षकको तर्फबाट डा. हरिहर वस्ती, अनुसन्धानकर्ताको तर्फबाट प्रहरी बरिष्ठ उपरीक्षक पवन खरेल र प्रहरी उपरीक्षक दुर्गा सिंह, अभियोजनकर्ताको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी र उपन्यायधिवक्ता मोना सिंहले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा धारणा बिकास गर्ने मूल उद्देश्यले ‘प्रभावकारी अनुसन्धान र अभियोजन, सुदृढ फौजदारी न्याय प्रशासन’को अवधारणासहित महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा माघ १४ गतेदेखि सुरु भएको उक्त सम्मेलनमा सरकारबादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु, अभियोजनकर्ता सरकारी वकिलहरु, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरु तथा महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयबाट तोकिएका करीव ५ सय ३५ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.