• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

खुला बजारलाई डोनाल्ड ट्रम्पको धक्का

काठमाडौं, ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्रा्ष्ट्रिय व्यापार सम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठूलो धक्का दिएको छ। धेरैले अनुमान गरे विपरित निर्वा्चित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरुप नै ट्रान्स प्यासेफिक पार्टनरसिप (टिपिपि) नाम गरिएको व्यापार सम्झौताबाट अमेरिका हट्ने निर्णय लिएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

त्यति मात्र होइन, अब उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र, चीन, जापान र मेक्सिकोसंगको व्यापारमा उनको विशेष चासो देखिन्छ। उनको चासोले सन १९४८ देखि थालिएको स्वतन्त्र र खुला व्यापार प्रणालीमा ठुलै उथलपुथल ल्याउने संकेत मिलेको छ। ‘व्यापार, कर, आप्रवास र वैदेशिक नीति सम्बन्धि सबै निर्णय अमेरिकी कामदार र उद्योगलाई हेरेर गरिनेछ,’ ट्रम्पले सपथ समारोहमै भनेका थिए। स्वतन्त्र व्यापारका नाममा अमेरिकी रोजगारी गुमिरहेकोमा ट्रम्पको विशेष चिन्ता देखिन्छ।

उनका अनुसार टिपिपीमा समावेश भएका अन्य ११ देशका कारण २० लाख अमेरिकीले रोजगारी गुमाएका छन्। उनको दावी अनुसार सबैभन्दा बढि ७ लाख ४० हजार मोटर उद्योगमा काम गर्नेहरुको गुमेको छ। उनले जापान र मेक्सिकोका कारण यो क्षति भएको घुमाउरो पारामा आफ्नो वेबसाइटमा उल्लेख गरेका छन्।

त्यहि भएर उनले मेक्सिकोमा बनाउन लागेको टोयोटाको कारखानालाई लक्षित गर्दै त्यहाको उत्पादन नलिने भनिसकेका छन्। ६ बर्षपछि व्यापार नाफामा गएको जापानका लागि यो ठूलो धक्का हो।

टिपिपिमा जापानसंगै प्रसान्त महासागरको एसिया तर्फका भियतनाम, मलेसिया, ब्रुनाइ, सिंगापुर, अष्ट्रेलिया र न्युजिल्याण्ड छन्। यसैगरि दक्षिण अमेरिका तर्फका चिलि र पेरुलाई पनि समेटिएको छ। उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र (नाफ्टा) का ३ सदस्य राष्ट्र क्यानडा, अमेरिका र मेक्सिको पनि निवर्तमान राष्ट्रपति बाराक ओबामाले परिकल्पना गरेको टिपिपिमा छन्। अब अमेरिका त्यसबाट बाहिरिएको छ।

अष्ट्रेलियाले अमेरिका बाहेक पनि टिपिपिलाई अगाडि बढाउन सकिन्छ कि भनेर प्रयास गर्दैछ। टिपिपिमा नरहेको चीन अब यी मुलुकमा अवसर खोज्न सक्ने अनुमान विज्ञहरुको छ। तर अन्य सदस्य मुलुकका लागि चीनमा बजार खोज्नु त्यति सहज हुने छैन।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले प्राय सबै थोक बनाउछ। त्यो पनि सस्तोमा। त्यसले त्यहा बजार लिनु अरुका लागि फलामको च्युरा चपाउनु सरह नै हुनेछ। अमेरिकालाई पनि चीनमा प्रवेश सहज नभएकाले ट्रम्पले चीनप्रति पनि अनुदार हुने संकेत दिइसकेका छन्। उनको वेबसाइटमा चीनले अमेरिकाको नक्कल गरी उत्पादन गरेका कारण अमेरिकामा रोजगारी गुमिरहेको उल्लेख छ।

चिनियाँ सामानमा ४५ प्रतिशत सम्म भन्सार महसुल बढाउने सम्भावना रहेको समाचार अमेरिकी संचार माध्यममा आएका छन्। ‘कमिसन अफ द थेफ्ट अफ द अमेरिकन इन्टिलेक्चुअल प्रोपर्टि’ भन्ने संस्थाको हवाला दिदै चिनियाँको वौद्धिक चोरी रोक्न सके अमेरिकामै २० लाख रोजगारी सिर्जना गर्न सकिने उल्लेख छ।

अमेरिकाको चीनसंगको व्यापार घाटा ३ खर्ब ६७ अर्ब डलर छ। अमेरिकाबाट चीनतर्फको निर्यात जम्मा एक खर्ब १६ अर्ब डलर थियो भने सन २०१५ मा ४ खर्ब ८३ अर्ब डलर बराबरका सामान अमेरिकाले आयात गरेको थियो। ‘ट्रम्पले नीतिले खुला व्यापार व्यवस्थालाई चुनौति दिएको छ,’ पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘यसले अब चीन खुला बजारको नेतृत्व कर्ता हुने पनि संगसंगै देखिन्छ।’
भारतसंग भने ट्रम्पले सौहार्द सम्बन्ध राख्ने वताएका छन्।

राष्ट्रपति बनेपछि एक हिन्दु पण्डितलाई समेत प्रार्थना सभामा समावेश गराएकाले भारतसंग सुमधुर सम्बन्ध हुन सक्ने विश्लेषण आइरहेको छ। उनले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टेलिफोन वार्ता गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.