हत्या गरी फरार रहेका अभियुक्त साउदी अरबबाट पक्राउ
काठमाडौं,१ फागुन
नेपाल प्रहरीले बताए अनुशार १८ बर्ष अघि हत्या गरी फरार रहेका कास्की सिद्ध–७ का नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरेको छ ।
सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्धामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्व सहित जन्म कैदको सजाय हुने गरी फैसला भएको थियो । नेपाली सेनामा कार्यरत अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका जिवन बहादुर अधिकारी एकै ब्यक्ति भएको तथ्यको आधारमा कास्की जिल्ला अदालतबाट २०७३ जेठ १६ गते जारी भएको पक्राउ पूर्जि अनुसार निजलाई साउदी अरबबाट पक्राउ गरी २०७३ माघ २९ गते नेपाल ल्याईएको हो ।
निज अधिकारीले २०५५ कार्तिक ११ गते जिल्ला कास्की सिद्ध –७ बस्ने शिबराज थापा सुयललाई खुर्पा प्रहार गरी हत्या गरेका थिए । सोही घटनाका सम्बन्धमा सेनाको हिरासतमा रहेका बखत २०५६फागुन २७ गते भागी फरार भएका प्रतिबादी नारायण अधिकारीले आफ्नो नाम परिवर्तन गरी जिवन बहादुर अधिकारीको नाममा वैदेशिक रोजगारीको लागि साउदी अरब गएको जानकारीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको पहलमा २०७३ जेठ २४ गते निजको नामको रेड कर्नर नोटीस जारी भएकोमा साउदी अरब प्रहरीको सहयोगमा सोही मुलुकबाट प्रहरीले पक्राउ गरेको थियो ।
निजलाई मिति २०७३ फागुन १ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

