Jankari Kendra
४ आश्विन २०८३, आईतवार
Worldlink

प्रहरीमा जागिर खुवाने भनि ठगी गर्ने यसरी समातिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, ३
प्रहरीमा जागिर खुवाने  भनि ठगी गर्ने यसरी समातिए

राष्ट्रिय अनुसन्धान विभागको प्रहरी सहायक निरीक्षक बनाइदिन्छु भनी प्रलोभनमा पारी प्रतिव्यक्ति २ लाख देखि ७ लाख रुपैयाँसम्म ठगि गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने मोरङ बेलबारी–४ का २७ बर्षीय प्रेम पुरीलाई झापा काकडभिट्टाबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कंचनपुर झलारी पिपलाडी नगरपालिका–५ बस्ने दिपेन्द्र कार्की समेतका व्यक्तिहरुलाई पुरीले प्रहरी सहायक निरीक्षकको नियुक्तिपत्र दिन्छु भनेकोमा भने बमोजिमको नियुक्तिपत्र नपाएपछि पीडित तथा आफन्तले महानगरीय अपराध महाशाखा टेकुमा निबेदन दिएपछि अनुसन्धानको क्रममा पुरीलाई महाशाखाको प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ  ।

Top Changing Nepal

युट्युब सट्स