लागु औषध सहित एक जना युवक पक्राउ Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailरोशन पोख्रेल, रौतहट सशस्त्र प्रहरी बल बी ओ पि गौर भन्सारको टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । भारतको बैरगनियाबाट खरीद गरी ल्याउदै गरेको अवस्थामा जिल्ला भन्सार कार्यालयको बेरियर चेक प्वाइंट नजदीक चेक जाँच गर्ने क्रममा स्थानीय गरुडा नगरपालिका वार्ड नम्बर १ निवासी २० वर्षीय राजकिशोर सहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहबाट नाइट्रोभेट टेवलेट ६ सय पीस, २ थान मोबाइलको सिम तथा ७ हजार १ सय ७५ रुपैया नेपाली बरामद भएको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालयले जनाएको छ । लागु औषध सहित पक्राउ परेका युवकलाई आवश्यक क़ानूनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमर लामाले बताएका छन । तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो