बम्बैमा अाफ्नै नातेदार चेलिबेटि बेच्नेलाइ प्रहरीले यसरि समात्यो
जानकारी केन्द्र
२०७३, चैत्र, २
काठमाडौँ,
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा नुवाकोट जिल्ला अदालतको २०६३ भाद्र १३ गतेको फैसलाले ७ बर्ष ६ महिना कैद सजाय भई फरार रहेका नुवाकोट घ्याङफेदी–६ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४९ बर्षीय फुर्पा तामाङ्गलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको प्रहरी टोलीले मंगलबार बौद्धबाट पक्राउ गरेको छ ।
नुवाकोट घ्याङफेदी– ६ बस्ने १३ र १४ बर्षकी दुईजना बालिकालाई तामाङ्ग समेत तीन पुस्ता भित्रको दाजु नाता पर्ने ४ जना ब्यक्तिहरु मिलि ललाई फकाई २०४७ जेठ १४ गते राती नुवाकोट घ्याङफेदीबाट काठमाडौं पु¥याई विभिन्न प्रलोभनमा पारी भारत बम्बैमा लगि बिक्री गर्ने मनसायले कालिमाटीबाट बीरगंजतर्फ लैजाने क्रममा प्रहरी टोलीले पीडितहरुलाई उद्धार गर्नुका साथै ४ जना प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट सर्जमिनको लागि घ्याङफेदी–६ पुगी फर्कने क्रममा २०४७ असार ८ गते नुवाकोट खरानीटारबाट प्रहरीको आँखा छली चारैजना प्रतिवादीहरु हत्कडी सहित भाग्न सफल भएका थिए ।
कैद सजायँ बेरुजु रही बिगत २६ बर्ष देखि लुकिछिपी बौद्ध एरियामा बस्दै हाल ठेक्कापट्टाको कार्य गर्दै आईरहेका लामालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

