सीमांकनबाहेक संविधान संशोधन गर्नेबारे छलफल – अाजको पत्रिका
कठमाडौं ८ चैत ।
संविधान संशोधन विधेयक पारित गर्न आवश्यक दुई तिहाइ मत पुर्याउन नसकेपछि सत्ता गठबन्धन कांग्रेस, माओवादी र राप्रपाले सीमांकनबाहेकका विषयलाई मात्रै संशोधन गर्नेगरी विकल्प प्रस्तुत गरेका छन् । यो विकल्प मान्न मधेसी मोर्चा तयार भए संशोधनको विरोधमा रहेको प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक हुने सरकार पक्षको दाबी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान र बेलुका दुई पल्ट बसेको कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकमा सीमांकनबाहेकका नागरिकता, भाषा, राष्ट्रियतासभाको प्रतिनिधित्व र राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहको प्रतिनिधित्व हटाउने विषयलाई संशोधन गर्ने विकल्प प्रधानमन्त्री पुष्पकमल दाहालले राखेका थिए ।
मोर्चाले निर्वाचनमा भाग लिने अवस्थामा मात्रै आफूहरू सकारात्मक हुनसक्ने भनाइ एमाले नेताहरूले राखेका थिए । ‘सीमांकनबाहेकका विषयमा एमाले पनि सकारात्मक छ, एमालेसँगको छलफलपछि मधेसी मोर्चाका नेताहरूसँग बस्छौं’, संविधान संशोधन र निर्वाचनका विषयमा सहमति जुटाउन गठित अनौपचारिक कार्यदलका सदस्यसमेत रहेका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘दुई तिहाइ मत नपुग्ने अवस्थामा सीमांकनबाहेक विषय अघि बढाउनु नै उत्तम विकल्प हो ।’
एमाले सकारात्मक रहेको भन्ने सत्तापक्षको दाबीलाई नेता भीम रावलले अस्वीकार गरे । ‘हाम्रो अडान यथावत् छ, पहिला संविधान संशोधन गर्दा पनि मधेसी मोर्चा मान्छ भनियो, फेरि संशोधनको कुरा आयो । अहिले पनि के गर्दा नमान्ने हो त्यसको ठोस प्रस्ताव आओस् अनि प्रतिक्रिया दिन्छौं भनेका छौं’, उनले भने, ‘हाम्रो अडान यथावत् छ ।’ – कान्तिपुर दैनिकबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

