काठमाडौं, चैत
चोरी कार्यमा संलग्न रहेका काभ्रे, पनौती–८ बस्ने २८ वर्षीय रुमन तामाङ र काठमाडौं महानगरपालिका–१९ ढोकाटोल बस्ने २५ वर्षीय सिनियन तामाङलाई बा.८१ प ३४७५ नम्बरको स्कुटी र नगद २१ हजार ६ सय १० रुपैयाँ सहित काठमाडौं महानगरपालिका–३५ कोटेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भाडाका सवारी साधनमा चढी यात्रुहरुको साथमा रहेको मोवाइल र नगद चोरी गर्ने गरेको खुल्न आएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१० बानेश्वर चोकमा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने २६ वर्षीया उशिता उप्रेतीले झोलामा बोकेको सामसुङ्ग मोवाइल चोरी भाग्दै गरेको अवस्थामा टंक तामाङलाई स्थानियको सहयोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।