काठमाडौं ,१५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी हस्पिटलमा भर्ना भएका छन् ।
मन्त्री गिरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको मन्त्री गिरीको सचिवालयले जनाएको छ । मन्त्री गिरीलाई निमोनिया भएका कारण हस्पिटलमै भर्ना गरेर उपचार गर्नु परेको हो ।
डाक्टरको सल्लाह पछि मन्त्री गिरीलाई केही दिन हस्पिटलमै राखेर उपचार गर्नुपर्ने भएको छ ।