Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

पत्रकार कार्कीलाई चन्द्रपुर नगरको मेयरमा उठाउनु पर्छ भन्नेहरुको जमात बढदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, २०
पत्रकार कार्कीलाई चन्द्रपुर नगरको मेयरमा उठाउनु पर्छ भन्नेहरुको जमात बढदै

लामो समय देखि पत्रकारीता पेशामा रहनु भएका संजय कार्की समाजसेवा पनि सक्रिय रहनुभएको छ । पत्रकारिता मार्फत समाज सेबा र राजनीतिमा प्रबेश गर्नुभएका कार्कीले सेबाको भाबनाले उनी सबैको मनमा डेरा जमाउन सफल भएका ब्यक्ति हुन । १२ बर्ष देखि नेपाल प्रेस युनियनमा आबद्ध रहदै आएका कार्कीले केन्द्रिय सदस्यको जिम्मेबारी समेत निर्बिरोध पाएका हुन ।

स्थानीय तहको निर्बाचनमा उम्मेदबार हुने सार्बजनिक उद्घोष नगरे पनि चिया पसल र चौतारामा कार्कीलाई नै चन्द्रपुर नगरपालिकाको मेयरमा उठाउनु पर्छ भन्नेहरुको जमात बढदै गएको छ । उनको पार्टी भित्र भन्दा पनि अन्य पार्टीमा समेत नेपाली काग्रेसको आगामी मेयर संजय कार्की रहेकाले बलियो उम्मेदबार हो भन्ने चर्चा सुनेको पाईन्छ । सो जमातको कदर भएको खण्डमा उनले नेपाली काग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिने छन् । यस बिषयमा संजय कार्कीसंग प्रतिक्रिया लिदा उनले उम्मेदबार दिने आकाक्षा रहनु स्वभाबिकै हो तर जनता माझ चिनिएका र जनताको कामलाई आफ्नो काम भनेर लागि परेको ब्यक्तिमा म पनि पर्ने भएकाले यतिखेर मलाई मेयरको उम्मेदबार बनाउनु पर्छ भन्नेहरुको संख्या बढेर गएको सुनाउछन् ।

उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन् त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनलोकमा उनको छाप राम्रो रहेको छ । दिन दुखिको आवाजको रुपमा कार्की उदयमान हुन । उनी सामुदायिक सेबा समितिको उपाध्यक्ष, जनज्योति बहुमुखि क्याम्पसको आर्थीक समिति संयोजक, रौतहट फुटबल संघको सदस्य, चन्द्रपुर नगरपालिकाको सामाजिक सुरक्षा भता बितरण समितिको सदस्य भई कार्यरत रहेका छन ।

यति मात्र नभई जिल्ला ट्राफिक प्रहरी भबन निर्माण समितिको सदस्य भई सो भबनको निर्माण कार्य यसै आर्थीक बर्षमा पुरा गराउनु पर्छ भनेर अहोरात्र खटिएका छन् । जुन संस्थामा आबद्ध रहेका छन् सो संस्थाको संस्थागत बिकासमा निष्कलंक भई लागेका कार्कीको जनस्तरबाट आगामी चन्द्रपुर नगरपालिकाको मेयरमा उम्मेदबारी हुने प्रचार समेत आफै हुदै गएको छ । दुई बर्ष देखि उनी गुन्जन एफएमको प्रमुख भई कार्य गर्दा भएको प्रगतिले पनि उनलाई आगामी मेयर पदमा उभ्याउन सजिलो भएको छ । चन्द्रपुर नगरको १० वटा वडामै उनको चर्चा मात्र हैन उम्मेदबारी बनाउनु पर्छ भन्नेहरु थु्प्रै भेटिएका छन ।

Top Changing Nepal

युट्युब सट्स