नवलपरासीको नगरपालिका र गाउपालिका कार्यालयमा मोर्चा द्वारा तालाबन्दी ।
जानकारी केन्द्र
२०७३, चैत्र, २१
रबिन्द्र यादव/ नवलपरासी नवलपरासीको अधिकांश गाउपालीका साबिक गा.वि.स.हरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ताला बन्दी गरेको छ! संविधान संसोधन नगरी मधेशी थारु जनजाती,आदिबासी लगायतहरुको जायज माग बेवास्ता गरेको र सिमाकंन सहितको संबिधान संसोधन नभए सम्म मधेशमा कुनै किसीमको निर्वाचन हुन नदिने मोर्चाका कार्यकर्ताहरुले बताउदै आएका छन! साथै त्रिबेणी सुस्ता,रुपौलिया, कुडिया, नर्सही,पक्लिहवा गा.वि.स.हरु प्रदेश नं. ४ मा राखेकोले प्रदेश नं.५ मा राख्नु पर्ने साबिक गा.बि.स.हरुका बासीन्दाहरुले जागरण अभियान, बिरोध प्रदर्शन, धर्ना गर्दै आएका छन।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले हिजो गरेको निर्णय अनुसार आज जिल्लाको बिभिन्न नगरपालिका गाउपालिका र साबिक गा.वि.स.हरुमा ताला बन्दी गरेको हो। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार बिरुदृ नारा बाजी गर्दै जिल्लाको रामग्राम नगरपालिका साबिक सनई,सुक्रौली,हकुई,देवगाव त्यस्तै प्रतापपुर गाऊपालिका साबिक जमुनिया, सोमनी,ठुलो खैरटवा,बैदौली,गुठीपरसौनी,प्रतापपुर,त्यस्तै पाल्हीनन्दन गाऊपालिका साबिक रमपुरवा,हरपुर,कुश्मा,पाल्ही, गेरमी, सनई,त्यस्तै सरावल गाऊपालिका साबिक रामपुर खडौना, भुजहवा,बडहरादुबौलिया,लगायत गा.वि.स.हरुमा ताला बन्दी गरेको मोर्चाका जिल्ला संयोजक मुकुल गिरीले जानकारी दिनुभएका छन।
त्यस मध्ये प्रतापपुर गाऊपालिका साबिक जमुनिया र सरावल गाऊपालिका साबिक भुजहवामा पहिलै देखी ताला बन्दी गरिएको थियो! नया संगरचना अनुसार नवलपरासीमा सात नगरपालिका र अाठ गाउपालिका गरि १५ स्थानिय तह बनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

