बाैद्धको क्याफेमा झगडा पर्दा मृत्यु , ६ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं,
काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी स्थित बस्ने ३५ बर्षीय तेन्जिङ ग्याल्छो लामाले संचालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट हुंदा सोही स्थान बस्ने ४६ बर्षीय पेम्वा शेर्पा घाईते भई उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।
घटनामा संलग्न बा ३७ प ७९२६ नंबरको मोटरसाइकल सहित क्याफे संचालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्ती बस्ने २१ बर्षीय नुर्बु शेर्पा लगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।