सुदूरपश्चिममा ‘बिसु’ पर्वको रौनक
जानकारी केन्द्र
२०७३, चैत्र, २९
विष्णु जोशि, व्युरो खवर
सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका विभिन्न चाडपर्वहरु मध्येको एक महत्वपूर्ण चाड ‘बिसु’ पर्वको लागी घर फर्किने नेपालीहरुको सीमा क्षेत्रमा घुइँचो लागेको छ ।
भारतका विभिन्न ठाउँमा कामका लागी गएका नेपालीहरु विसु मनाउन घर फर्कन थालेका हुन् । भारतसंग सीमाना जोडिएको दार्चुला सदरमुकाम खलंगा, बलुवाकोट र जोलजीवि नाकाबाट अहिले दिनहुँ शयौं नेपालीहरु घर फर्किने गरेका छन् । हरेक वर्ष नयाँ वर्षको अवसरमा वैशाख १ गतेको दिनलाई दार्चुला तथा सुदूरपश्चिमबासीले विसुका रुपमा मनाउँदै आएका छन् ।
विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

