चुनावमा वालवलिकाको प्रयोगमा सचेत हरन सरोकारवालको ध्यानाकर्षण
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
रबिन्द्र यादव/ २९ चैत,
नवलपरासी आसन्न स्थानीय तह निर्वाचनमा वालवालिकाको प्रयोग हुन सक्ने भन्दै सरोकारवालहरुले ध्यानाकर्षण गराएकाछन । विगतका चुनावमा समेत वालवालिकाको प्रयोग भएको भन्दै कार्यलाई रोक्न नवलपरासिका वाल अधिकारका क्षेत्रमा आवद्ध संस्थाले शिक्षा पत्रकार समुहका केन्द्रिय सदस्य तिर्थराज भुसालको संयोजकत्वमा कावासोतिमा रहेको ईलाका प्रशाशन कार्यालय,नवलपरासीमा मा ध्यानाकर्षण ज्ञापन पत्र बुझाएका हुन् । निर्वाचन आचार संहितामा वालवालिकालाई निर्वाचन प्रचार प्रसार ,आमसभा तथा जुलुसमा वालवालिकाको प्रयोग गर्न वा गराउन नहुने लगाएत किटान गरिएकाले उक्त दफालाई कार्यान्वयनका लागि नागरिक समाज समेत प्रतिबद्धता गरेको र यस्ता कार्यलाई रोक्नका लागि इलाका प्रसाशनबाट सुझाव र अनुगमनका आशा गर्दछौ जापन पत्रमा उल्लेख छ ।
साथै ज्ञापन पत्रमा मतदान केन्द्रलाई अपागङगमैत्रि वनाउन , विधालयका भित्ता वा पर्खालमा निर्वाचन सम्वन्धि पोष्टर नटास्न , भित्ते लेखन नर्गन , निर्वाचनको सन्दर्भमा विधालयको भौतिक संरचनामा पुगेको हानि नोक्सानी वा क्षतिको क्षतिपुर्ति सम्वन्धि निकायवाट नै गर्ने व्यवस्था मिलाउनका लागि गम्भिरतापुर्वका ध्यानापर्षण गराउदछौ जापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउनेमा शिक्षा पत्रकार समुहका केन्द्रिय सदस्य तिर्थराज भुसाल, जागृति वाल तथा युवा सरोकार नेपाल नवलपरासिका महासचिव दिपक शर्मा , परिर्वतनका लागि युवा नेपालका अध्यक्ष राजु चापागांई , दिप आर्दश सामाजिक विकाश नेपालका अध्ययक्ष किरण भुर्तेल , हरियाली संस्था कावासोतिका अध्यक्ष लेखनाथ दवाडि , सहयोगी वाल तथा युवा विकास क्लब कावासोतिका सचिब सुदिप चापागांई , वालावरण जनजागरण विकास मञ्च नवलपरासिका अध्यक्ष सुधन लम्साल र पैगति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति संयोजक जमुना खरेलको हस्तारक्षित जापन पत्र आज ईलाका प्रशाशन कार्यालय प्रमुख पिताम्वर धिमिरे समक्ष संयुक्त रुपमा बुझाईएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रशाशन प्रमुख धिमिरेले चुनावमा वालवालिकाको प्रयोग हुन नदिन आपmुले चासो राखेको र सक्दो प्रयास गर्ने बताउनुभएको थियो । त्यस्तै विद्यालय शान्तिक्षेत्र कार्यन्यन र वालवालिकाको स्थानियचुनावमा प्रयोग नगराउन कोलागी सचेत गराउन जिल्ला निर्वाचनकार्यल,जिल्लाका राजनीतिकदलका प्रमुख,गाउ तथा नगरपालिकाका कार्यकारी अधिकृत तथा राजनीतिकदललाई ध्यानाकर्षण पत्र वुझाउने पहिलो चरणको कार्यक्रम रहेको संयोजक तिर्थराज भुसालले वताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


