Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

सुन साइलीपछि ‘ज्यान साइली’ बजार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
सुन साइलीपछि ‘ज्यान साइली’ बजार
काठमाडौ, ३० चैत ।
गायक तथा संगीतकार कृष्ण कटेलको ‘ज्यान साइली’ बोलको गीतको भिडियोसहित ‘अक्षर’ एल्बम सार्वजनिक भएको छ।
वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन गरेका हुन्।
उक्त एल्बममा गायक स्वयंको शव्द संगीतमा ‘ज्यान साइली’सहित पाँचवटा गीतहरु समावेश छन्। आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार गरिएको गायक कटेलले बताए।
म्युजिक भिडियोमा युवा र युवतीबीचकोे माया प्रेमलाई दर्शाउन खोजिएको छ। ‘ज्यान साइली’ बोलको गीतको भिडियोमा नायिका हर्षिका श्रेष्ठ र पवित्र भण्डारीले अभियन गरेका छन्।
दोलखाको खरी ढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका छन्। गायक तथा संगीतकार कटेलको यो पहिलो एल्बम हो। आउँदा दिनमा गायन र संगीत सिर्जनमा लागि रहने कटेलले बताएका छन्।
Top Changing Nepal

युट्युब सट्स