दलहरूले ठिक गरेनन : पुर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश
जानकारी केन्द्र
२०७४, बैशाख, १
नयाँ बर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहाले ०६३ सालको जनआन्दोलनका बेला राजनीतिक दलका बीचमा भएको सहमति तोडिएको स्मरण गराउँदै प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहबाट भएको बताएका छन् ।
‘२०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनूसार संसद पुनस्स्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुनस्स्थापनापछि पूर्वसहमति प्रतिकुल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापूर्वक साथ दिएका हौं,’ पूर्वराजा शाहको शुभकामना सन्देशमा भनिएको छ,‘यस अवधिमा कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ।’
उनले प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिएको विश्लेषण पनि गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

