• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

नेपाल–चीन संयुक्त सैन्य तालिम

काठमाडौं ३ बैशाख ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सोमबारदेखि संयुक्त सैन्य तालिम हुँदै छ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो ।

नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ । तालिमको नाम ‘सगरमाथा फ्रेन्डसिप २०१७’ दिइएको छ । १२ वैशाखसम्म संयुक्त सैन्य तालिम हुनेछ । यसअघि २८ माघका लागि तालिम तय भएको थियो । नेपालको तयारी नपुगेकाले तालिम सरेको हो ।

‘काठमाडौं उपत्यकामा संयुक्त सैन्य तालिम हुन्छ र यो सानो संख्यामा हुन्छ,’ सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले नयाँ पत्रिकासँग भने । नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको नेपाली सेनाले जनाएको छ ।

चीनले आफ्नो वार कलेजमा नेपाली सेनालाई बर्सेनि चार सिट छुट्याएको छ । नेपाली सेनालाई भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिँदै आएका छन् ।

छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपालमा पनि तालिम हुन लागेको नेपाली सेनाले जनाएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

संयुक्त तालिम गर्ने विषयमा नेपाल र चीनका सैन्य अधिकारीबीच पुस पहिलो साता नै सहमति भएको थियो । काठमाडौं आएका चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चिनियाँ पक्षले प्रस्ताव गरेको थियो भने नेपालले सहमति जनाएको थियो । त्यही सहमतिका आधारमा चीनले सैन्य तालिम घोषणा गरेको थियो । ‘सुरुमा सैन्य अभ्यास भनिएको थियो, तर विभिन्न कारणले अहिले सैन्य तालिम भनिएको छ,’ एक सैन्य अधिकारीले भने ।

सैन्य तालिमबारे नेपाली र चिनियाँ सेनाबीच दुई तहमा वार्ता भएको थियो । फागुनमा युद्धकार्य महानिर्देशक उपरथी विनोद श्रेष्ठको चीन भ्रमणका वेला ३ देखि १२ वैशाखसम्मको मिति तय भएको सैनिक स्रोतले बतायो ।

हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै भएको थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य तालिम हुन लागेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको थियो भने रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले कुराकानी गरेका थिए ।

तीन महिनापहिले चिनियाँ घोषणा
चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताएका थिए । ‘आपसी सम्मान, समानता, आपसी लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामी काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ,’ प्रवक्ता यानले भनेका थिए ।

अमेरिका र भारतसँग पहिल्यै
नेपाली सेनाले भारत र अमेरिकासँग यसअघि दुईपक्षीय संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सन् २०११ देखि नेपाल र भारतका सैनिकबीच सूर्यकिरण नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष रुपन्देहीको सालझन्डीस्थित सैनिक तालिम केन्द्रमा सैन्य अभ्यास भएको थियो भने एक महिनाअघि भारतको उत्तराखण्डस्थित पिथोरागढमा नेपाली र भारतीय सेनाबीच संयुक्त अभ्यास भएको थियो ।

नेपाली सेनाको विशेष बाहिनीमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग रहँदै आएको छ । विशेषगरी महावीर (रेन्जर) गणसँग अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डसम्बद्ध सैनिकले निरन्तर सैन्य अभ्यास गर्दै आएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा पनि अमेरिका, भारतलगायत विभिन्न मुलुकका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ ।

केही नेपाली सैनिक अधिकारीहरू भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, बंगलादेशमा तालिम लिइरहेका छन् । हरेक वर्ष भारतमा ३५, चीनमा २७, अमेरिकामा १५, बंगलादेशमा ५ सैनिक अधिकृतले स्टाफ कलेज, सिनियर कमान्डर, हाइअर कमान्ड, नेसनल डिफेन्स कलेजको कोर्स गरिरहेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी, कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी, शान्ति सेना तालिम केन्द्र पाँचखाल, माउन्टेन वारफेयर तालिम मुस्ताङ, जंगल वारफेयर अमलेखगन्जमा विभिन्न देशका सैनिक अधिकृतले तालिम लिइरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.