मोर्चाद्धारा नवलपरासी निर्वाचन कार्यालय एक घण्टा घेराउ
जानकारी केन्द्र
२०७४, बैशाख, ३
रबिन्द्र यादवर परासी ३ चैत ।
पुर्ब निर्धारीत कार्यक्रम अनुसार आज मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालयलाई एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउन गरेको हो । सदरमुकाम परासी स्थित तमलोपा पार्टीबाट निस्केको मार्चाको बिरोध जुलुसले परासी बजारका बिभिन्न भाग परिक्रमा गरी रामग्राम १ मा अवस्थित निर्बाचन कार्यालयमा पुगी कार्यालय घेराउ गरेको थियो ।
विभिन्न नाराबाजीका साथ मोर्चाका कार्यकर्ताहरुले कार्यालय घेराउ गर्दै पछिल्लो पटक सरकारले ल्याएको संविधान संसोधन प्रस्ताव पनि अपुरो भएको आरोप लगाएका थिए । सरकारले मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरि पटक पटक विभिन्न बहानाबाजी गर्दै आफनो कार्यकाल लम्बयाउन खोजेको मोर्चाले आरोप लगाउदै मोर्चाको माग सम्बोधन नभएसम्म मधेशमा कुनै प्रकारको चुनाव हुन नदिने बताएको छ । घेराउ कार्यक्रममा मोर्चामा आबद्ध तमलोपा, संघिय समावबादी, गणतान्त्रीक, तमसपा लगायत पार्टी सय भन्दा बढि कार्यकर्ताहरु बिरोध जुलुसमा सहभागी भएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

