चितुवाको छाला सहित प्रहरीले यसरी पक्राउ गर्यो
जानकारी केन्द्र
२०७४, बैशाख, ७
विष्णु जोशी,बैतडी/बैशाख ७ ।
चितुवाको छालासहित बैतडीको पाटनमा एक जना पक्राउ परेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका ६ बस्ने ३३ बर्षीय महेशसिंह सुतारलाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीय अनुसन्धान टोली दिपायल र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोलीले सुतारलाई चितुवाको छालासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिशेष सूचनाका आधारमा त्यो मान्छेसंग चितुवाको छाला छ भनेर हामीलाई ३ महिना पहिलेदेखि थाहा थियो ।
त्यसपछि क्षेत्रीय अनुसन्धानको टिम र हामीले बारम्बार त्यसको खोजी गर्दा आज फेला पार्यौं ।’ सुतारसंग रहेको चितुवाको छाला पाँच फिट ९ लम्बाईको र दुई फिट चौडाई रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । मरेको भैँसीको सिनोमा औषधि राखेर करिब एक बर्ष पहिले सुतारले चितुवा मारेको समेत उहाँले बताउनुभयो । पक्राउ परेका सुतारलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।
चितुवाको छालासहित पक्राउ परेका सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार २० हजार भन्दामाथि जरिवाना र ६ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो वन्यजन्तुको छाला ओसारपसार तथा विक्रिवितरण गर्नेलाई कारवाही प्रचलित कानुन अनुसार कारवाही हुने सहायक वन अधिकृत
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

