नवलपरासी मोर्चाद्धारा सदरमुकाम परासीमा लाठी ज्लुस प्रदर्शन ः फोटो फिचर
जानकारी केन्द्र
२०७४, बैशाख, ७
रबिन्द्र यादव र परासी, ७ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आज सदरमुकाम परासीमा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको छ । मोर्चाको पुर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत मोर्चाले आज जिल्लाको सदरमुकाम परासीमा सयांै कार्यकर्ताहरुको संख्यामा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको हो ।
सरकारले संविधान संसोधन मार्फत मधेशी जनताको जायज मागलाई सम्बोधन नगरि बलजफती स्थानिय चुनाव गराउन खोजेको मोर्चाले आरोप लगाउदै चुनाव बहिष्कार गर्ने उद्देश्य अनुरुप आज जिल्लामा लाठी ज्लुस प्रदर्शन गरेको हो ।
परासीको लोकतान्त्रिक चोक स्थित तमलोपा पार्टी कार्यालयबाट निकालिएको ज्लुस बुद्धचोक, जिल्ला प्रशासन कार्यालय, पोखरा पाली परिक्रमा गर्दै पुनः बुद्धचोक स्थित एक कोणसभामा परिणत भएको थियो । जिल्लाको विभिन्न स्थानबाट मोर्चाका कार्यकर्ताहरुले सिटी, लाठी तथा कालो झण्डा लिएर ज्लुसमा सहभागि भएका थिए । मोर्चाको स्थानिय चुनाव बहिष्कार गर्ने र सरकारलाई दबाब दिने उद्देश्यले मोर्चाका घोषित आन्दोलनका विभिन्न कार्यक्रमहरुमा मधेशी जनताहरु समर्थन रहदै आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

