देवचुली नगरपालिकामा कांग्रेसका को–को उम्मेदवार ! कस्को पलरा भारी,
जानकारी केन्द्र
२०७४, बैशाख, ८
रबिन्द्र यादव / परासी, ८ बैशाख ।
नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थानिय तहमा योग्य उम्मेदवारको ताँतीले पार्टीलाई टिकट वितरण गर्न कठिनाई महसुस भएको छ । जिल्लाको देवचुली नगरपालिका र गंैडाकोटमा कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईराला (संस्थापन पक्ष), र शेरबहादुर देउवाको गरि दुई गुटमा टिकट वितरण हुने देखिएको छ ।
देवचुली महामन्त्री कोईरालाकै निर्वाचन क्षेत्रमा परेपनि देउवाको उम्मेदवारको पनि ताँती छ । देवचुली नगरपालिकामा शेर बहादुर देउवाको खेमाबाट मेयर पदका मुख्य सम्भावित उम्मेदवार अशोक बस्ताकोटी एक्लो मात्र छन् भने कोईरालाको खेमाबाट पुर्ण कुमार श्रेष्ठ, देवी प्रसाद खनाल, धर्मा बस्याल र डिल्लीराम कडरिया आकांक्षी देखिएका छन् । यि पांच मेयरका उम्मेदवार मध्ये लोकप्रिय र प्रसिद्ध उम्मेदवार अशोक बस्ताकोटी रहेको नगरपलिकामा व्यापक चर्चा छ ।
बस्ताकोटी २०४६ सालको आन्दोलनबाट नेविसंघको कार्यकर्ता भई आफनो राजनितिक कैरियर शुरु गरेका थिए । बस्तोकोटी ३ कार्यकाल नेविसंघ नवलपरासीको जिल्ला अध्यक्ष र २ कार्यकाल नेविसंघको केन्द्रिय सदस्य समेत रही आएका छन् । बस्तोकोटीको लामो राजनितिक ईतिहास र मेयरमा हुने विभिन्न गुणका सम्भावना बोकेको उम्मेदवारको रुपमा लिइएको छ ।
बस्ताकोटी शेर बहादुर देउवाको नजिकको व्यक्ति भएकै कारण उनी मेयरको टिकट पाउन सम्भावना प्रबल देखिएको छ । त्यस्तै उप मेयरमा देउवा खेमबाट रेनुका न्यौपाने, लक्ष्मी बस्ताकोटी छन् भने कोईराला खेमबाट शान्ती तिवारी, निर्मला कण्डेल र शारदा पौडेल आकांक्षी देखिएका छन् । जिल्ला प्रदेश नंं ४ र प्रदेश नं. ५ गरि दुईप्रदेशमा विभाजित छ । हाल प्रदेश नंं ४ मा पर्ने नवलपुर क्षेत्रमा ४ नगरपालिका र ५ गाउँपालिका पर्दछन् भने प्रदेश नं. ५ परासी क्षेत्रमा ३ नगरपालिका र ३ गाउँपालिका परेका छन्
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

