Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

राजधानीमा ट्राफिक बत्ति नहुदा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १४
राजधानीमा ट्राफिक बत्ति नहुदा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

रोशन पोखरेल

सवारी साधनको भीडले अस्तव्यस्त हुने काठमाडौंका सडक खुलाउन ट्राफिक प्रहरीलाई निकै कठिन हुन्छ । काठमाडौंको ट्राफिक व्यवस्थालाई सहज बनाउन ट्राफिक बत्तिले सहयोग पुर्याउछ तर आजको दिनमा काठमाडौंमा न पर्याप्त ट्राफिक बत्ति छन्, न त भएका बत्तिले नै राम्रोसँग काम गरेको पाईन्छ । सिंहदरबारको मुख्य प्रवेश द्धारमा सर्बसाधारण देखि भीआएपी व्यक्तिहरुको आवातजावत भईरहन्छ तर त्यहाँका ट्राफिक बत्तिहरु बल्दैनन् जसका कारण ट्राफिक प्रहरीहरुले हात हल्लाएरै ट्राफिक व्यवस्थापन गरिरहेका हुन्छन ।

त्यहाँमात्र होईन काठमाण्डौंका अधिकांश स्थानका ट्राफिक बत्तिहरुले काम गर्दैनन् । उपत्यकामा करिव ३५ स्थानमा ट्राफिक बत्तिहरु राखीएको प्रहरीले जनाएको छ तर अधिकांश ट्राफिक बत्तिहरु बिग्रीएको अबस्थामा रहेको छन् । ट्राफिक बत्ति नहुदा ट्राफिक व्यवस्थापन गर्न निकै कठिन भइरहेको एक ट्राफिक प्रहरीले बताउनु भयो । ट्राफिक बत्तिको ब्यबस्थापन गर्नु सडक विभागको काम हो ।

विभागले सार्क सम्मेलनको बेला केही बत्ति राखेको थियो तर ट्राफिक प्रहरीलाई जिम्मा लगाएको केही समय नवित्दै बत्ति पुन विग्रेपछि विभागको ध्यान जान सकेको छैन । करिब चालिस लाख सर्वसाधारण बस्ने देशको राजधानीमा हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्नु अन्तराष्ट्रिय बेइज्जत मात्र होइन यसले अनुशासन उल्लंघन गर्ने प्रवृत्ति र दुर्घटना दुवै बढाउने निश्चित छ । यस विषयमा सरकार एवंम सम्बन्दित निकायको चाडै ध्यान जावोस जसले गर्दा सबै जना मर्यादित रुपमा अघि बढने छन् र दुर्घटनाको खतरा रहन्न ।

Top Changing Nepal

युट्युब सट्स