दुई दिने किशोरी संगको अन्तरकृया कार्यक्रम सम्पन्न
जानकारी केन्द्र
२०७४, बैशाख, २८
परासी, २७ बैशाख । नवलपरासीमा किसोरीहरुको, गाविस अध्यक्षव एवं सचिवहरु संगको दुई दिने चौमासिक अन्तरत्याक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा जिल्लाको विभिन्न गाविसबाट करिब २० जना किसोरीहरु उपस्थित भएका थिए । अन्तरकृया कार्यक्रममा जिल्लामा देखिएका किसोरीमा बहु विवाह, बलात्कार, लैङ्गिक भेदभाव, किसोरी बेचविखन, शिक्षाको कमी, किसोरी असुरक्षित, महिला अधिकार हनन् लगायतका घटनाहरुको बारेमा छलफल भएको थियो ।
जिल्लामा बढदो यि घटनाहरुलाई न्युनिकरण गर्न सबै महिला तथा किसोरी संजाल र सम्बन्धित निकायहरु एकजुट भई लाग्न किसोरीहरुले आग्रह गरेका थिए । किसोरीहरुलाई समाजमा स्थापित हुन विभिन्न चुनौतीहरुको सामना गर्न पर्ने हुँदा किसोरीहरुको क्षमता अभिबृद्धि, जनचेतना मुलक, शिप मुलक र नेतृत्व विकास जस्ता तालिम गोष्ठीको आवश्यकता रहेको किसोरीहरुले माग गरेका थिए । महिला तथा बालिका कार्यालयकि कार्यालय प्रमुख उर्वराल लुईटेलको अध्यक्षतामा सो अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

