निर्वाचन हुने दिन बैशाख ३१ गते नवलपरासी पनि सार्वजनिक बिदा
रबिन्द्र यादव / नवलपरासी ।
स्थनिय तहको निर्वाचन हुने दिन बैशाख ३१ गते नवलपरासी जिल्ला पनि सार्वजनिक बिदा हुने भएको छ । जिल्ला भरीका सबै सरकारी कार्यालयहरु बिदा हुने जिल्ला प्रमुख अधिकारी उदय बहादुर रानाले जानकारी दिनु भयो ।
नवलपरासीमा प्रदेश न. चारमा मात्र निर्वाचन हुने भएपनि नवलपरासी जिल्ला भरीका सबै सरकारी कार्यालयहरु बिदा हुने जिल्ला प्रमुख अधिकारी रानाले जानकारी दिनु भयो ।
सरकारले पहिलो चरणको निर्वाचन हुने देशका ३४ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।