गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादव संघीय समाजवादी फोरममा प्रवेश
जानकारी केन्द्र
२०७४, जेष्ठ, १४
अखिलेश कुमार यादव
जेष्ठ १४ गते गौर रौतहट रौतहट जिल्लाको गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादवले संघीय समाजवादी फोरममा प्रवेश गरेका छन ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा रौतहट जिल्लाको चर्चित समाजसेवी गौरीशंकर यादव को नेतृत्वमा दर्जनौ कार्यकर्ताले आइतवार बिभिन्न पार्टी परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेको छ ।
उक्त पार्टी प्रवेश कार्यक्रममा रौतहट जिल्लाको चर्चित समाजसेवी एवं गौर नगरपालिकाको पूर्व मेयर गौरी शंकर यादव ले भन्नु भयो कि रौतहटलाइ अब नगरपालिका होइन स्वर्ग बनाउनुको साथ् साथै रौतहट जिल्लालाई एउटा बिकशित जिल्ला बनाउने मेरो उदेश्य रहेको छ । र यहि उदेश्य र आपेक्षाको साथ मैले संघीय समाजवादी पार्टीमा प्रवेश गरेको छु वहाले बताउनु भयो ।
समाजसेवी एवं गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादवको नेतृत्वमा कैलाश पटेल,माधुरी सिन्हा लगायत को नेताले विभिन्न पार्टी परित्याग गरि संघीय माजवादी फोरम नेपाल मा प्रवेश गरेका छन् । वहाले यो भन्दा पहिला पनि दुई पटक गौर नगरपालिकाको मेयरमा बिजय प्राप्त गर्नु भएछ र गौर नगरपालिकामा वहाले आफ्नो कार्यकालमा रौतहटमा बिभिन्न संघ संस्था , उद्योग , बिद्यालय बनाउनु भएको छ ।
यसपाली पनि वहा संघीय समाजवादी फोरम नेपालबाट मेयर पढ़को लागि उम्मेद्वारी दिने छ । पार्टी प्रवेश गरेका नेताहरुलाई संघीय समाजवादी फोरम नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले फूलमाला , अबिर लागाई पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य रेवन्त झा , बिन्देश्वर रे यादव , राम्कोशोर यादव लगाएत दर्जनौ कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

