अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न
जानकारी केन्द्र
२०७४, जेष्ठ, २१
अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न अभियान मल्टिमिडियाको आयोजनामा हेटौँडामा सम्पन्न शैक्षक मेलाको करिब ५ हजार विद्यार्थीले अवलोकन गरेका छन् । दुईदिन सम्म चलेको मेलाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महत गरेका थिए । जेठ १९ र २० गते सम्पन्न मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाले बताएका छन् ।
उद्घाटनका क्रममा हेटौँडा उपमहानगरपालिकालाई शैक्षिक हब बनाउने प्रयासमा आफुहरु रहेको बताएका मेयर महतले आगमी दिनमा पनि यस्तो मेलालाई निरन्तरता दिन आवश्यक रहेको औँल्याएका छन् । शैक्षिक परामर्श केन्द्रहरुले विद्यार्थीहरुलाई विदेशको मात्र नभई नेपालको समेत शिक्षाको विषयमा जानकारी प्रदान गर्न सके स्वदेशी शिक्षाको महत्व बढ्ने महतको तर्क थियो । मेला आयोजना गरेको अभियान मल्टिमिडियालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक मेलाको आयोजना गर्नुपर्ने र त्यसका लागि आफु सहयोग गर्न तयार रहेको अभियानका अध्यक्ष मिन अधिकारीले बताए ।
मेलामा सहभागि हुन हेटौँडा पुगेका नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय सचिव देविदाश भट्टराईले आफुहरुले नेपाली शिक्षाको पनि प्रचार गरेको बताए । उनले परामर्शले मात्र नेपाली शिक्षाको महत्व नबढ्ने भएकाले शैक्षिक गुणस्तर बढडाउन र पढेपछिको अवसर सृजना गर्नमा राज्यले ठोस कदम चाल्न आवश्यक रहेको बताए । अभियान मल्टिमीडियाका अध्यक्ष मिन अधिकारीका अनुसार शैक्षिक मेलाका सम्बन्धमा हेटौडा क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञ, पत्रकार, विद्यार्थी, अभिभावक लगायतले खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता मेला आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।
अभियान मल्टिमिडियाले पहिलो पटक गरेको शैक्षिक मेलाको स्थलको रुपमा मकवानपुरको हेटौँडा सहरलाई छानेकोमा पनि सबैले आभार व्यक्त गरेका थिए । पछिल्लो समय हेटौडाले राष्ट्रिय रुपमा शैक्षिक गन्तव्य बन्ने सम्भावना देखाउँदै गएकाले त्यसका लागि पृष्ठपोषण होस् भन्ने मनसायले हेटौँडामा मेला गरिएको आयोजक मिन अधिकारीले बताएकाा छन् । अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्न लागेको मकवानपुर जिल्लाको हेटौँडा शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको सहर हो । यस क्षेत्रमा स्वदेशी अर्थात नेपालकै निजी लगानीकर्ताले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेका छन् । मेलामा हेटौडामा संचालित कलेजहरु तथा हेटौडा र काठमाण्डौका कन्सल्टेन्सी गरी गरी करिब ५० वटा शिक्षण संस्थाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

