भारतिय पुलिस द्वरा नेपालीलाइ नाकामा यस्तो दुर्व्यवाहार, संबन्धित निकाय चुपचाप
जानकारी केन्द्र
२०७४, जेष्ठ, ३१
विष्णु जोशी_व्युरो खवर
नेपाल पत्रकार महासंघ भारत शाखा लाई अन्तरास्ट्रिय नेपाली समाज भारत ले प्रश्न गरेको छ
आदरणीय पत्रकार मित्रहरू दिल्लीमा बिपी कोइराला फण्डको दुरुपयोग गरेर दूतावासको भोजभतेरमा सामिल मात्रै हुने होकी प्रवासी नेपालीहरुको समस्याको समाचार सम्प्रेषण पनि गर्नुहुन्छ?
गोकुल भुजेल भन्नु हुन्छ भारतमा विभिन्न पेसामा कार्यरत ५० औं लाख नेपाली जनताहरु घर फर्कने क्रममा भारतीय प्रहरीवाट भारत नेपाल सिमानामा सुरक्षा चेकजाँचका नाउँमा अनावश्यक दुख दिने लुटपाट र ठगीका घटनाहरु सामान्य जस्तै बनेका छन् तर दुर्भाग्यवश भारत स्थित नेपाली दूतावास र नेपाल पत्रकार महासंघ कुन दुलोमा छन् अत्तोपत्तो छैन, हालसालैको घटना हो नेपाल भारत सिमाना टकपुर वनबासा स्थित शारादा वियारेज मा भारतीय प्रहरीले पैसा मागेको ५००/२००० का नोट नेपाल लिन नपाईने र लगे पछि पुनः वनबासा फर्काइदुन्छु भन्ने धम्की समेत दिने गरेको र सामान्य घरेलु सामान लैजाँदा पनि अनावश्यक दुख दिएको भिडियो रेकर्डिङ गरि अन्तर्राष्ट्रिय नेपाली समाज भारतका साथीहरूले भिडियो सामाजिक संजाल लगायतका सोसल मिडियामा भाइरल भैरहँदा पनि नेपाल पत्रकार महासंघ भारत शाखा मौन रहेको हुँदा, हामी लगायत सम्पुर्ण भारत प्रवास रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु आश्चर्य चकित परेका छौं।
के पत्रकार महासंघको काम भनेको पत्रकारीताको नाउँमा दूतावास संग मिलेर राज्यको ढुकुटी दोहन गर्दै भोजभतेर गर्ने मात्रै होकि आम प्रवासी नेपालीको समस्याका बारेमा समाचार सम्प्रेषण पनि गर्ने हो?
नचाहने बेलामा नेपाल पत्रकार महासंघ भारत शाखा भनेर डंका पिट्दै हिंडेको देख्न सुन्न पाइन्छ तर आम प्रवासी नेपाली दिनडहाडै लुटिंदा पनि कानमा तेल हालेर बस्नु पत्रकारीताको नाउँमा कालो धब्बा हो भनेर हामी दावीका साथ भन्न सक्छौं। भारत को नोयडा मा कार्यरत नेपालि गोकुल भुजेल ले दुख्सो पो़ख्नु भयो यसै गरि भारतिय पुलिस हरुले घुस लिने समेत गरेको पाईएको छ नोपालि हरुलाई पटक पटक तनाव दिदा पनि समवन्धीत निकाय चुप लागेर वसेको प्रवासि नेपालि हरुको गुनासो रहेको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

