तराइमा राजमाको प्रदर्शन, माअोवादीको ब्यानर जलाइयो , फोटो फिचर सहित
जानकारी केन्द्र
२०७४, असार, ३
रबिन्द्र यादव परासी, ३ असार .
राष्ट्रिय जनता पार्टी नेपालले आज दिउँसो नवलपरासीमा वृहद लाठी जुलुश प्रदर्शन गरेको छ । चुनावमा भाग नलिने राजपाले सदरमुकाम परासीमा हजारााै कार्यकर्ताको संख्यामा लाठी जुलुस प्रदर्शन गरेको हो । राजापको कार्यालयबाट निकालीएको वृहद लाठी जुलुस , बुद्धचोक, प्रशासन कार्यालय, मन्भरिया चोक, जिल्ला अदालत, रामग्राम नगरपालिका, मालटोल, लोकतान्त्रिक चोक हुदै पुनः बुद्धचोक स्थित आयोजित विरोध सभामा परिणत भएको थियो ।
लाठी जुलुस करिब एक घण्टाको समय लगाएर परासी बजार भरि परिक्रमा गराइएको थियो । मधेशी जनताको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएको राजपाले आज परासीमा विरोध सभाको आयोजना पनि गरेको छ । विरोध सभालाइ राजपाका संयोजक महंत ठाकुर, राजपा संयोजक मण्डका सदस्य राजेन्द्र महतो, राजकिसोर यादव, अनिल झा, बरिष्ठ नेता ह्देश त्रिपाठी र महामन्त्री दिपेन्द्र सोनाल पनि सभा सम्बोधन गर्न नवलपरासी आएका छन् । राजपाको आन्दोलनलाई फोरम नेपाल, लोकतान्त्रिक फोरम, नयाँ शक्ति नेपालले पनि जिल्लामा समर्थन गरेको छ । त्यसैबिच बुद्धचोकमा राजपाका कार्यकर्ताह?ले माओबादी केन्द्र पार्टीको ब्यानर जलाएका छन् । लाठी जुलुस निकालेका कार्यकर्ताह? आक्रोसित हुदै केन्द्रको ब्यानर टिपेर बुद्धचोकमा ज्लाएका हुन । 
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

