नवलपरासीको सदरमुकाम परासीको बुद्ध चोकमा राजपा नेपालको प्रदर्शनमा प्रहरीले गोली चलाउदा चार जना घाइतेको हुनुका साथै १८ जनालाई पक्राउ परेका छन ।
राजपा नेपालका जिल्ला संयोजक पुरन चौधरी सहित पक्राउ परेको बताइएको छ । यस सम्बन्धि थप बिवरण अाउन बाँकि छ ।
अाजै दिउसो राजपा नेपालले नवलपरासीको सदरमुकाम परासीमा वृहद लाठी जुलुश प्रदर्शन गरेको थियो भने राजपा कार्यकर्ताले माओबादी केन्द्र पार्टीको ब्यानर जलाएका थिए ।