Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

प्रहरीले ३० जना राजपाका कार्यकर्तालाई पक्राउ गरयो क्रम अझै जारी छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, ४
प्रहरीले  ३० जना राजपाका कार्यकर्तालाई पक्राउ गरयो क्रम अझै जारी छ

 

रबिन्द्र यादव परासी, ४ असार ।

नेपाल प्रहरीले नवलपरासीबाट राजपाको जिल्ला संयोजक सहित विभिन्न ३० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । प्रहरीले राजपका जिल्ला संयोजक पुरन चौधरी, संयुत्तल लोकतान्त्रिक मधेशी थरुहटका संयोजक मुकुर गिरी सहित विभिन्न ३० जिल्लाका शिर्ष नेता एवं कार्यकर्ताहरुलाई पक्राउ गरि हाईवे स्थि सुनवल र बर्दघाट ईलाका प्रहरी कार्यालयमा राखेको छ ।

शनिवार परासीमा राजपाद्धारा आयोजित विरोध सभा चल्दै थियो । राजपका कार्यकर्ताले एमालको टिर्सट जलाउने क्रममा प्रंहरी र कार्यकर्ताहरु बिच झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरी करिब १ दर्जन आश्रु ग्यास फायर गरेको थियो भने अनुमानित ५ राउण्ड रबर गोली फायर गरेको थियो जस गोली लागेर जिल्लाका ४ जना कार्यकर्ताहरु घाईते भएका थिए ।

एक घण्टा तनाव ग्रस्त बनेको सदरमुकाम परासीको अवस्था सहज हुदै गएपछि प्रहरीले ति नेता एवं कार्यकर्ताहरुलाई धरपकड गर्न थाल्यो । स्थानिय एक होटेलमा बसेर छलफल गर्दै गरेका ति नेवा एवं कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भन्दा पर हाईवेमा सिफट गरेको छ । भोली आईतबार उम्मेदवारहरुको मनोनयन पत्र दर्ता रहेको हुँदा उक्त मनोनयन दर्ता कार्यक्रम बिथोल्न राजपाको योजना रहेपछि प्रहरीले ति नेता एवं कार्यकर्ताहरुलाई पक्राउ गरेको हो । प्रहरीले रातारात जिल्लाका नेताहरुलाई टारगेट गरि धमाधम पक्राउ गरिरहेको छ ।rjp rjp 3 rjp 5 rjp 6 rjp 7 rjp2 rjp4

Top Changing Nepal

युट्युब सट्स