नवलपरासीको परासी महेशपुरको सडकखण्डमा राखिएको बिस्फोटक पदार्थ सेनाद्धारा डिस्पोज ।
जानकारी केन्द्र
२०७४, असार, ५
रबिन्द्र यादव,नवलपरासी, ५ असार ।
नवलपरासीको पाल्हीनन्दन गाँउपालिका ४ हरपुरमा राखिएको बिस्फोटक पदार्थ सेनाको टोलीले आज बिहान ८ बजे डिस्पोज गरेको छ । सोमवार बिहान ५ बजेको समयमा स्थानीयले बम जस्तो शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने परासी महेशपुर सडक खण्डमा रहेको उक्त बिस्फोटक पदार्थका कारण सो बाटोमा बिहान साढे पाँच बजेदेखि ८ बजेसम्म डिस्पोज नभएसम्म आवतजावत पुर्ण रुपले बन्द रहेको थियो ।
शनीवार परासीमा भएको झडपले त्रसीत सर्वसाधरणमा एका बिहानै बम भएको हल्ला भएपछि स्थानीयहरु झनै त्रसित बनेका थिए । बम डिस्पोज गर्दा बिस्फोटक पदार्थ जस्तो आवाज आएपनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त शंकास्पद वस्तु बम नभई समान्य बिस्फोटक पदार्थ भएको पुष्टि गरेको छ । दोसो चरणको चुनावको क्रममा नवलपरासीको परासी क्षेत्रका केही गाँउपालिकाहरु सम्बेदनशिल मानिएकाले यस क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारीएको छ । घटनास्थलमा कुनै समुहको पम्पलेट चिठी पत्र नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ , कुन समुह र किन विष्पोटक पदार्थ राखेको हो अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

