• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

अपरिचित युवतीको प्रेमजालमा पर्दा यसरी भयो दाङका व्यापारी श्रेष्ठको हत्या

काठमाडौं २८ असार । दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजितरुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र अपहरणपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले घटनाको एक महिनापछि बाबु छोरीलाई नै पक्राउ गरी यो तथ्य सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा टीकाबहादुर घर्तीमगर र उनकी १८ वर्षीया छोरी पूजा घर्तीमगर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट पक्राउ गरिएको हो । यद्यपी प्रहरीले ती बाबुछोरीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको दावी गरेको छ ।

अपहरणका योजनाकार खुमबहादुर केसीलाई भने प्रहरीले गाेंगबुस्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।

राष्ट्रियस्तरमै चर्चा पाएको यो घटनाको अनुसन्धान गरी अपहरण र हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्काे दबाब परेको थियो । प्रहरीले पनि यो घटनालाई प्रहरी संगठनकै प्रतिष्ठासँग जोडेर अनुसन्धान थालेको थियो । प्रहरीले यो घटनालाई लिएर फरार अभियुक्तबारे सूचना दिनको नाम गोप्य राख्ने र यसरी सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो ।

यसरी बन्यो व्यापारी श्रेष्ठको अपहरण योजना

खासमा व्यापारी श्रेष्ठको अपहरणको योजना टीकाबहादुर घर्तीमगरले बनाएका थिए । चर्काे ऋणमा डुबेपछि उनले तीन महिनाअघि श्रेष्ठको अपहरण गरी ठूलै रकम फिरौती लिने योजना बनाएका थिए । यो कार्यमा उनले आफ्नै छोरी पूजा, तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी, तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसी सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलगायत १४ जनालाई सहमत गराए । त्यसपछि बन्यो, अपहरण योजना । खुमबहादुर र भुपेन्द्र तिनै व्यक्ति हुन् जो यसअघि व्यापारी श्रेष्ठको ३० लाख रुपैयाँ लुटिएको अभियोगमा पक्राउ परेका थिए । जिल्ला अदालत घोराहीबाट केही महिनाअघि मात्र तारेखमा रिहा भएका उनीहरुलाई टीकाबहादुरले अपहरणका लागि मनाएका थिए ।

छोरी पूजालाई व्यापारी श्रेष्ठलाई प्रभावमा पार्ने जिम्मा दिइयो । त्यसपछि पूजाले झण्डै डेढ महिनादेखि लगातार श्रेष्ठलाई टेलिफोन गरी उनको मन जित्न थालिन् । व्यापारी श्रेष्ठ पूजासँग यतिसम्म नजिक भए कि उनले बोलाएको ठाउँसम्म जान पनि राजी भए ।

सोही क्रममा पूजाले २६ जेठमा पनि फोनगरी उनलाई सल्यान घुम्न जाउँ भनी प्रस्ताव गरिन् । पूजाको प्रस्तावमा श्रेष्ठ सहमत भए । त्यस दिन पूजा र व्यापारी श्रेष्ठबीच २० पटकभन्दा बढी फोनमा सम्पर्क भएको थियो । पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा११च १०७१ नम्बरको कार लिएर निस्किए । पूजा भने दाङको वीरेन्द्र चोकमा कुरिरहेकी थिइन् । त्यसपछि पूजालाई गाडीमा राखेर उनी लागे सल्यानतर्फ । तर, बीच बाटैमा उनी अपहरणमा परे । करिव एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनी अपहरणमा परेका थिए ।

उनी अपहरणमा परेपछि दाङको स्थानीय प्रहरी तथा केन्द्रीय अनुसन्धान व्यूरो राप्ती अञ्चल प्रहरी कार्यालयलगायतको टोली खोजबिनका लागि परिचालित भएको थियो । व्यूरोको टोलीले उनको शब फेला पारेको थियो भने अपहरणमा संलग्नमध्ये चार जना रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरेको थियो ।

यसरी भयो हत्या

प्रहरीका अनुसार सल्यानको जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए । अपहरण भएको तीन दिनसम्म उनलाई निरन्तर जंगलमा हिँडाएका थिए । अपहरकारीले दिनभरी लुकाउने र रातभरी हिडाउने गरेका थिए ।

अपहरणकारीले खानका लागि १० किलो चिउरासमेत लिएर गएका थिए । समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगर र प्रेसरका विरामी समेत भएकाले कमजोर हुदै गए र तीन दिनपछि २९ जेठमा ढले । अपहरणकारीले उपचार गर्नुको साटो हत्या गर्ने योजना बनाए । त्यसपछि ढुंगाले किची किची उनको हत्या गरे । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेको लेखमा उनको हत्या भएको थियो ।

तीन करोड फिरौती माग

हत्याअघि २७ जेठमा अपहरणकारीले श्रेष्ठका परिवारलाई फोन गरेर दुई दिनको समय दिँदै तीन करोड रुपैयाँ फिरौती मागे । अपहरणकारीले श्रेष्ठको आवाजमा ‘म सञ्चै छु, मागेको रकम दिनू’ भनेर रेकर्डसमेत गराएका थिए । उनीहरुले सोही रेकर्ड परिवारलाई सुनाएका थिए ।

परिवारका सदस्यले फिरौती रकम बुझाउन मञ्जुरीसमेत जनाएका थिए । परिवारका सदस्यले एक पटक आवाज सुन्छौ उहाँसंग कुरा गर्छौ र पैसा पनि भनेजति दिन्छौ भने । तर अपहरणकारीले उनको हत्या गरि सकेकाले दोहोरो कुरा सुनाउन नसकेपछि फोन काटे र सम्पर्कमा आएनन् ।

यसरी भयो रणबहादुरको हत्या

अपहरणकारीले श्रेष्ठ मात्रै नभएर रणबहादुर घर्तीको पनि हत्या गरेका थिए । रणबहादुरको अपहरण र हत्या भने पूर्वनिर्धारित थिएन । व्यापारी श्रेष्ठलाई अपहरण गर्न सल्यानको सोलाबाङमा अपहरणकारीहरु बसेका थिए । उनीहरु खासमा व्यापारी श्रेष्ठलाई कुरेर बसेका थिए । तर, व्यापारी श्रेष्ठ भन्दा अघि रणबहादुर पुगे । घोराही निवासी उनीसँग अपहरणकारीको राम्रै चिनजान थियो । उनी एचपी ११८६४८ नम्बरको भारतीय नम्बरको गाडीमा सवार थिए । उनी रुकुमतर्फ जाँदै थिए । अपहरणकारीले सुरुमा रणबहादुरलाई नियन्त्रणमा लिए । त्यसको केही समयमा त्यहाँ आइपुगेका श्रेष्ठलाई पनि नियन्त्रणमा लिए । पोल खुल्ने डरले उनीहरुले आँखामा कालो पट्टी बाँधेर ढुङ्गाले टाउको र शरिका विभिन्न भागमा प्रहार गरी रणबहादुरको विभत्स हत्या गरेका थिए ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    • नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.