• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ६ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ६ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ७ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १० घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २४ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ७. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ८. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ९. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • १०. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

उत्तर कोरियाबारे अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच फोनवार्ता

admin २०७४, श्रावण, १६

सोल, १६ साउन ।

विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे पुग्नुभएको छ ।

उहाँहरुबीच सोमबार फोनमार्फत भएको कुराकानीमा सो विषयमा सहमति बनेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उहाँको कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउदै लगेको छ भन्ने हो– ह्वाइट हाउसले जनाएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाली सैन्य प्रमुखले उत्तरको यस्तो परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरिएको थियो ।

उहाँहरु सो कुराकानीपछि उत्तर कोरियामाथि कूटनीतिक र आर्थिक दबाब दिने विषयमा पनि सहमत भएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

उत्तर कोरियाले गएको जुलाई ४ मा गरेको पछिल्लो परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् ।

सोही परीक्षणपछि यसले संसारमा नै शान्ति सुरक्षाको विषयलाई थप चर्चामा ल्याइदिएको छ । यसले गर्दा अमेरिकामात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको जनाइएको छ ।

सो फोनवार्ताका क्रममा उत्तर कोरियाले जारी राखेको यो क्षेप्यास्त्र परीक्षणले अमेरिकासहित यी तीन वटा देशमात्र नभएर विश्वका अरु पनि एसियाली या अन्य देशलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको चर्चा भएको सो विज्ञप्तिमा जनाइएको छ ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघ लगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ ।

साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकामाथि प्रत्यक्ष रुपमा मार हान्नेगरी आफूले यस्ता क्षेप्यास्त्रहरु निर्माण गरिरहेको धम्की पनि दिने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन ।

उत्तर कोरियाली राजधानी प्योङ्याङ्को नजिकको समुद्रबाट परीक्षण गरिएको यो पछिल्लो ब्यालेष्टिक क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने अनुसन्धानबाट यो परीक्षण बढीमा ९३० किलोमीटरसम्म मात्र पुग्न सक्ने पाइएको बताएको छ ।

जापानले सो क्षेप्यास्त्र करिब दुई हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो । उत्तर कोरियाले सो परीक्षणपछि दिएको प्रतिक्रियामा आफूले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्र हानेको जनाएको थियो ।

ह्वाइट हाउसको सो विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री आबेबीच उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लाउने र कूटनीतिक दबाब दिनेमा सहमत हुनुभएको छ र यसमा अरु विदेशी समुदायलाई पनि सहमत गराउने विषयमा छलफल भएको छ ।’ रासस/एएफपी

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.