Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

बढीले बगाएको गैडा र हरिण मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, श्रावण, ३०
बढीले बगाएको गैडा र हरिण मृत अवस्थामा फेला

 रबिन्द्र यादव,

नारायणी नदीले बगाएका दुुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी व्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ । नदीमा बग्दै आएका दुुई गैंडामध्ये एउटा भागेर नजिकैको जंगल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुुकुुन्दराज आचार्यले जानकारी दिए ।

शनिबार नवलपरासी क्षेत्र तर्फको राष्ट्रिय निकुुञ्जबाट निस्केका दुुई गैंडासँगै ६ वटा हरिण नारायणी नदीमा बगेका थिए । ती मध्ये ३ वटा हरिण शनिबार त्रिवेणी व्यारेजमा मृत अवस्थामा फेला परेका थिए ।मृत तथा जीवित अवस्थामा रहेका सबै वन्यजन्तुु करिब ३ कि.मि. को दरीमा रहेको त्रिवेणी व्यारेज आसपासमा फेला परेका हुुन् ।.

मृत अवस्थामा फेला परेको गैडा २ वर्षको भाले गौडा रहेको जिल्ला वन अधिकृत बिजयराज सुुवेदीले जानकारी दिए । मृत भेटिएको गैंडाको खाग र खुुर निकालेर गाडिएको जिल्ला वन कार्यालयलका जिल्ला वन अधिकृत सबेदीले बताए

 

Top Changing Nepal

युट्युब सट्स