नेपाली सेनाको टोलीमाथी विद्रोहीको आक्रमण, ५ जनाको मृत्यु
जानकारी केन्द्र
२०७४, भाद्र, १
अफ्रिकी मुलुक कंगोमा गस्तीमा रहेको नेपाली सेनाको टोलीमाथी विद्रोही समुहले आक्रमण गरेको छ । कंगोमा लामो समयदेखी आतंक मचाइरहेको नेगेटिभ फोर्स ९माई माई० भन्ने विद्रोही समुहले सेनाको गस्ती टोलीमाथी आक्रमण गरेपछि सेनाले जवाफी हमला गर्दा ५ जना विद्रोहीको मृत्यु भएको छ ।
नेपाली सेनातर्फ दुई जना अमल्दार घाईते भएको सेनाले जनाएको छ । घाईते हुनेमा अमल्दार राम बहादुर कार्की र अर्जुन बहादुर भुजेल रहेका छन् । घाईतेहरुलाई आईसियुमा राखेर उपचार भइरहेको छ । दुवै जना घाईतेहरुको स्थिती खतरामुक्त रहेको छ ।
सहसेनानी लोकबहादुर वस्नेत नेतृत्वको टोलीमाथी विद्रोहीले आक्रमण गरेको थियो । सैनिक स्रोतकाअनुसार स्थानीय वासिन्दालाई ढालको रुपमा प्रयोग गरेर उनिहरुले सेनाको गस्तीलाई एम्बुसमा पारेको थियो । जवाफमा सेनाले कार्वाही गर्दा उनिहरु त्यहाँबाट भागेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी झंकर बहादुर कडायतले कंगोमा दोहोरो भिडन्त भएको पुष्टी गरे । “कंगोमा सेनाको गस्तीमाथी आक्रमण भएको हो,अहिले अवस्था सामान्य भइसकेको छ ।” सैनिक प्रवक्ता सहायकरथी कडायतले भने ।
कंगोको कावसा भन्ने ठाउमा नेपाली सेनाको टोलीमाथी आक्रमण भएको थियो । विद्रोहीको गोली लागेर सेनाको युएन १३३९० नम्वरको एपीसीमा समेत क्षती पुगेको छ ।
घटनास्थल सेनाको नियन्त्रणमा आएको सेनाले जनाएको छ । सेनानी रामबहादुर लामाको कमाण्डमा २९ जना घटनास्थलमा बख्तरवन्द गाडीसहित परिचालन भएको छ । सेनाले घटनास्थलवाट एके ४७ नाल २ थान ,एके भरेको म्याग्जीन २ वटा र एके लिङ्कस १ थान बरामद गरेको छ ।
हाल कंगोमा नेपाली सेनाको शमशेर दल बटालियन कार्यरत छ । उक्त गणका गणपति प्रमुख सेनानी रत्न बहादुर गोदार रहेका छन् ।
साभार काठमाडौं टुडे
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

