डा केसीले अहिले आमरण अनसन नबस्ने
जानकारी केन्द्र
२०७४, भाद्र, १६
काठमाडौं १६ भदौ ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै बारम्बार आमरण अनशन बसेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले आमरण अनसन स्थगित गर्ने भएका छन् । पुनः सत्याग्रह लगायतका आन्दोलन गर्ने चेतावनी दिएका केसी तत्काल त्यसबाट पछि हटेका छन् ।
नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोप्रति मुख्यतः असन्तुष्ट देखिएका डाक्टर केसीले तीनबूँदे माग पूरा गर्न सरकारलाई आगामी भदौ २१ गतेसम्मको अल्टिमेटम दिएका छन् । तर नजिकिदो चाडपर्वका कारण उनी आमरण अनसनकेही महिना पछि सार्ने तयारमिा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तत्काल आमरण अनसनमा नकस्ने सुझाव दिएका छन् । तर, डा केसीका सहयोगी डा जीवन क्षेत्रीले भने २१ गतेपछि मात्रै त्यसमा छलफल हुने बताए ।
केसीले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारलाई बर्खास्त गरी कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।
खाली रहेको आवासीय भवनलाई मेडिकल कलेजलाई दिइएको सम्बन्ध खारेज गरिनुपर्ने, त्रिभुवन विश्वबिद्यालयले दिने सम्बन्धन, बिद्यार्धी भर्ना, शुल्क निर्धारण लगायतका सबै सधिकार आइओएममा फिर्ता गर्नुपर्ने केसीको मुख्य माग हुन् । चिकित्सा सेवा र शिक्षामा सुधारको माग गर्दै डा केसीले यसअघि ११ पटक आमरण अनशन बसिसकेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

