तपाँइको सानाे सहयोगले यि निर्दोष क्यान्सर पीडित ९वर्षे बालकले नयाँ जिवन पाउन सक्छन
जानकारी केन्द्र
२०७४, भाद्र, १७
रोशन पोखरेल, काठमान्डाैं
सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिँदैन किनकि आमाबाबुले आफ्ना सन्तान प्रति अगाढ माया, स्नेह, ममता, आफ्नत्व, आत्मियता र भरोसा गरिरहेका हुन्छन् । सबै बाबुआमाका लागि आफ्ना छोराछोरी सबैभन्दा प्यारा हुन्छन् । कुनै पनि बच्चाको दुःखद् मृत्यु हुँदा बाबुआमाको संसारमा अन्धकार छाउँछ । उनीहरूको दुःख शब्दमा बयान गर्न सकिँदैन ।
संसारमा बावुआमाको सबैभन्दा ठुलो धन आफ्ना छोरा(छोरी हुन् । बाबु(आमाको मन जहिले पनि छोरा(छोरीको माया(ममतामा बाँधिएको हुन्छ । छोराछोरीको हेरविचारमा बावुआमा सदैव तत्पर रहन्छन् । ममताले बाँधेको यो साइनो साँच्चै नै प्रगाढ हुन्छ । छोरा(छोरीलाई सानो घाउ, दुःख, रोग, ब्याधि लाग्दा बावुआमाको मन अति हतासमा बहन्छ । बावुआमा आफ्नो सन्तानलार्इ ज्यानैको माया नगरी सधैँ आफ्नो मायाको आँचलमा राख्न चाहन्छन् ।
तर, विडम्वनानै मान्नु पर्छ आफू काँडामा टेकेर पनि बालबच्चालाई सुरक्षित ओबानो छहारी दिने तीनै बावुआमा मध्ये एक भोजपुर नगरपालिका १२, टक्सार कोटडाँडानिबासी ३६ वर्षीय गोपाल आचार्य खत्री र उनकी ३१ वर्षीय श्रीमती कल्पना आचार्य खत्री जो आफ्नो सन्तानको प्राण रक्षाका लागि सहयोगको याचना गरिरहेका छन् । उनीहरू आफ्नो १० वर्षीय जेठो छोरो विवेकको जीवन रक्षाका लागि सहयोगका हातहरू फिजाईरहेका छन् । उमेरले ९ वर्ष भएका विवेक ब्लड क्यान्सर जस्तो प्राण घातक रोगको सिकार बन्न पुगेका छन् । ज्यालामजदुरीबाट जेनतेन गरेर छोराहरुको पढाई खर्च धान्दै आएका गोपाल यति बेला सहयोगका लागि छटपटाईरहेका छन् । ब्लड क्यान्सर पीडित उनका छोरा विवेक अहिले विपी मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर चितवनमा उपचारत छन् । विवेकको पछिल्लो स्वास्थ्य अवस्था सुरुको भन्दा सुधारात्मक भएतापनि उनका बाबु गोपाललाई खर्च जुटाउन मुस्किल परेको छ । समयावधि हेलचेक्राई गर्न नहुने र यदि गरे उनको ट्रिटमेन्ट नाजुक हुन सक्ने डाक्टरले बताएको उनका बाबु गोपालले बताए ।
आर्थिक अवस्था कमजोर भएकाले उपचारमा अहिले गोपाल अरूको अगाडी सहयोगका हातहरू फैलाईरहेका छन् । विवेकको सुरुको उपचारदेखि अहिलेसम्म ९ लाख बराबरको उपचार खर्च भइसकेको गोपालले बताए । उनले सुरुमा उपचार गराउँदा आफन्त, दाजुभाइ, छरछिमेकबाट ऋणपान गरी पाँच लाख जति जुटाएका थिए । तर, बाँकी रकम सबै विदेशमा बस्ने गरेका साथिभाई, गाउँछिमेकबाट उपचार सहयोगार्थ रकम जुटाएको गोपाल बताउँछन् । सहयोगको हात फिजाउदै गोपाल साँझ बिहान नभनि सहयोगको याचनामा हिँडिरहेका छन् । गोपालले सहयोगका लागि विभिन्न सामाजिक सञ्जालतिर पनि सहयोर्थ साइट खोलेका छन् । उनले फेसबुकमा ुविवेक बचाउ अभियानु नामक फेसबुक खोलेका छन् । उनले यसमार्फत देश(विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपचार सहयोगार्थ भनेर विवेकको नाममा भरतपुरस्थित ग्लोबल आईएमईका खाता नम्बर ९१८०७०१०००८६४९० पनि सार्वजनिक गरेका छन् । साथै, उनलाई सहयोगी हात बढाउन चाहनेहरुले ९८१०१९००५५ मा पनि सम्पर्क गर्न सकिने गोपालले बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
