साउनको अन्तिम साता आएको बाढीका कारण आक्रान्त बनेको रौतहटमा स्थानीय तहको निर्वाचनको रौनकसंगै बाढीको पिडा समेत हराउदै गएको छ । बाढीपिडितका लागि राहतको नाममा नेताहरू ग्यास चुल्हो सहित भोट माग्न थालेपछि गाँउगाँउमा बाढीको पिडा बिस्तारै हराउदै जान थालेको छ । नेताहहरु निर्वाचनमा व्यस्त रहन थालेपछि राहत नपाएका रौतहटका केही पीडित भने सरकारी निकायमा धर्ना कस्न थालेका छन् ।
बाढीले घर बगाएर बेघर बनाएका व्यक्ति पनि राहतबाट वञ्चित भएका छन् ।तर, पछिल्लो समय रौतहटमा बाढीको भन्दा निर्वाचनको चिन्ताले नेता तथा स्थानीय दलका कार्यकर्तालाई सताउन थालेपछि पीडितको पक्षमा बोल्ने मान्छे नभएको गौरका पत्रकार राकेश यादवले बताए । राहत वितरणमा राजनीतिक भइरहेको पटक पटक विभिन्न सञ्चार माध्यमबाट समाचार प्रसारण हुँदा पनि स्थानीय प्रशासन केही गर्न सकेको छैन ।
स्थानीय पिपरा भलोहिया, बसतपुर, हजमीनियाका पीडितहरु दीनहु जिल्ला प्रशासन कार्यालय अगाडी नारा जुलुस धर्ना बसी प्रदर्शन गरे पनि प्रशासन माथि केही प्रभाव परेको छैन । असोज २ गते स्थानीय निर्वाचन हुने समय सरकारले निर्धारण गरेको बेला अचानक आएको बाढीको कारण थप चुनौती थपिएको हो । चुनावी वातावरण बन्दै गएको समयमा राहत वितरण चुनौती भएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए । जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत राहत सामग्री पीडित समक्ष पुर्याुउनु पर्नेमा सो प्रक्रिया नअपनाउदा अनियमित रूपमा राहत वितरण भइरहेको छ । चुनाव प्रभावित बनाउने कार्य राहतको बहानामा भइरहेको देखिएको छ । राजनीतिक दलबाट उम्मेदवार भएकाहरुले मतदाताहरुलाई प्रभावमा पार्ने काम गरेर निर्वाचन अचार सहिंताको उल्लंघन गरिरहेका छन । हजमीनियाको जामुन महतो, पवन किशोर साह, भोला महतो, बसतपुरका रघुनाथ मिश्रा, दिनेश यादवले राहतको बहानामा राजनीति भइरहेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार, राजपाका उम्मेदवारले आफ्नो कार्यकर्ताहरूलाई मुख हेरिहेरि राहतका सामानहरू दिने गरेको पीडितहरुको भनाइ रहेको छ ।
गत बुधवार आसमान नेपालले राहत वितरण गर्दा राजपा नेपालका भाग्य नारायण साह तेलीले आफ्नो वर्गको व्यक्तिलाई खोजी दिएको विरुद्धमा पीडितहरु प्राविधिक सहायक रामप्रवेश रामलाई घरैमा थुनेको थियो । पीडितहरुले राहत वितरणमा अनियमिता गरेको भाग्य नारायण साह, श्रीकिशुन साह, नागेन्द्र साह, राजाराम साहले अरू जातका पीडितलाई राहत नदिई आफ्नै नाता गोताका व्यक्तिलाई दिएको उनीहरूको दाबी छ । बसन्तपुरमा प्रभावित भएको घर सङ्ख्या १ हजार ३ सय १२ रहेको प्राविधिक सहाय रामले जानकारी दिए । पीडितहरुले प्रदर्शन गरिरहेको जानकारी प्राप्त भएपछि गएका सुरक्षाकर्मीहरुले पीडितलाई थप राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि रामलाई स्थानीयहरुले मुक्त गरेका थिए ।