• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ८ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ८ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ८ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ९ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १२ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

एक युवतीको यहि पत्रले बलात्कारी रामरहिमलाई १० बर्ष कारावासको जिवन जिउन बाध्य बनायो

admin २०७४, भाद्र, २२

माननीय प्रधानमन्त्रीज्यू,

श्री अटलविहारी बाजपेयी (भारत सरकार)

विषय: डेराका महाराजद्वारा सयौं केटीहरुमाथि गरिएको बलात्कारको जाँच गरिदिनुहुन ।

श्रीमान्ज्यू,

म पन्जाब निवासी हुँ र पाँच वर्षदेखि डेरा सच्चा सौदा सिरसा (हरियाणा धन धन सतगुरु तेरा ही आसरा) मा साधु केटीका रूपमा कार्यरत छु । मजस्ता सयौं केटीहरु डेरामा १६ देखि १८ घण्टा सेवा गर्छन् । यहाँ हाम्रो शारीरिक शोषण गरिन्छ साथै डेराका महाराज गुरुमित सिंद्वारा यौनिक शोषण (बलात्कार) समेत हुन्छ । म बीए पास गरेकी केटी हुँ । मेरो परिवारका सदस्य महाराजका अन्ध श्रद्धालु छन्, जसको प्रेरणाबाट म डेरामा साधु बनेकी थिएँ ।

साधु बनेको दुई वर्षपछि महाराज गुरमितकी प्रेमीका साधु गुरजोतले एक रात १० बजे मलाई महाराजले गुफा (महाराज बस्ने स्थान) मा बोलाएको कुरा बताइन् । म पहिलो पटक त्यहाँ गैरहेकी थिए, त्यसैले एकदमै खुसी थिए । मलाई लागिरहेको थियो कि खुद परमात्माले मलाई बोलाएका छन् । गुफा माथि पुगेर हेर्दा महाराज बेडमा बसिरहेका थिए । उनको हातमा रिमोट थियो, अगाडिको टिभीमा ब्लू फिल्म चलिरहेको थियो । बेडको सिरानीमा रिभल्भर राखिएको थियो । त्यो सब देखेर म हैरान भए, मेरो खुट्टामुनिको जमिन भासियो । यो के भैरहेको छ ?

महाराज यस्ता होलान भनेर मैले सपनामा पनि सोचेकी थिइन् । महाराजले टिभी बन्द गरे र मलाई साथमा बसाएर पानी पिलाए अनि भने मैले तिमीलाई आफ्नी खास प्यारी सम्झेर बोलाएको हुँ । त्यो मेरो पहिलो दिन थियो । महाराजले मलाई अंगालो मार्दै भने म तिमीलाई हृद्धयदेखि चाहन्छु । तिमीसँग प्रेम गर्न चाहन्छु, किनभने तिमीले साधु बन्ने समयमा तन, मन, धन सबै सतगुरुलाई अर्पण गर्ने कुरा बताएकी थियौं । त्यसैले अब तिम्रो तन, मन मेरो हो । मैले विरोध गर्दा उनले कुनै शंका छैन् म नै भगवान हुँ भने । जब मैले सोधे, के भगवानको काम यही हो ? उनले भने :

१) श्री कृष्ण भगवान थिए, उनी कहाँ ३ सय ६० गोपिनी थिए जोसँग उनी हरेक दिन प्रेम लीला गर्थे, तै पनि मानिसहरू उनलाई परमात्मा मान्थे । यो कुनै नयाँ कुरा होइन् ।

२) मैले चाहे भने यो रिभल्बरले प्राणपखेरु उडाएर यही आश्रममा तिम्रो दाहसंस्कार गर्न सक्छु । तिम्रो घरपरिवार सबै प्रकारले ममाथि विश्वास गर्छ, उनीहरू मेरा गुलाम हुन् । उनीहरू मभन्दा बाहिर जान सक्दैनन्, यो कुरा तिमीलाई राम्रोसँग थाहा छ ।

३) हाम्रो सरकारमा धेरै चल्छ । हरियाणा र पन्जाबका मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीहरू मेरो चरण छुन्छन् । राजनीतिज्ञहरू सधैं हाम्रो समर्थन लिन्छन्, पैसा लिन्छन् त्यसैले हाम्रो विरोधमा कहिल्यै जानेवाला छैनन् । हामी तिम्रो परिवारका नोकरी लागेका सदस्यहरूलाई यहाँबाट बर्खास्त गरिदिनेछौं ।

म ती सबै सदस्यलाई मारिदिनेछु र प्रमाण पनि छोड्ने छैन् । यो तिमीलाई राम्रोसँग थाहा छ कि हामीले यसअघि पनि डेराका प्रबन्धक बजिर चन्दलाई समाप्त पारेका थियौं । हामी पैसाको बलमा राजनीतिज्ञ, पुलिस तथा न्याय खरिद गर्न सक्छौं । यसरी धम्क्याएर उसले मसँग यौन दुव्र्यवहार गर्‍यो र पछिल्ला तीन महिनामा २०—३० पटक यस्तै गरिसकेको छ ।

आज मलाई थाहा भयो कि मभन्दा पहिले पनि जुन केटीलाई उनले आफ्नो कोठामा बोलाउँथे उनीहरूसँग पनि यस्तै यौन दुव्र्यहार गरिन्थ्यो । डेरामा रहेका ३५—४० जना साधु महिला ३५—४० वर्षभन्दा माथिका छन् । जसको विवाहको उमेर घर्किसकेको छ, उनीहरूले परिस्थितिसँग सम्झौता गरिसकेका छन् । तीमध्ये धेरैजसो महिला बीए, एमए तथा बीएड उत्तीर्ण छन् । घरपरिवार कट्टर अन्धविश्वासी भएका कारण उनीहरू नरकको जीवन बिताइरहेका छन् ।

हामीलाई सेतो लुगा लगाउन, टाउकोमा चुन्नी राख्न, कुनै पुरुषलाई आँखा उठाएर हेर्न बन्देज लगाइएको छ भने लोग्ने मानिसहरूबाट पाँच—दश फुट टाढै बस्न महाराजको आदेश छ । हामी हेर्दा देवी हौं, तर हाम्रो हालत वेश्याको जस्तो छ । मैले एक पटक आफ्नो परिवारका सदस्यहरूलाई डेरामा केही पनि ठीक छैन भने तर परिवारका सदस्यहरू रिसाउँदै कराउन थाले–भगवानसँग बस्दा ठीक छैन भने कहाँ ठीक हुन्छ त ? तेरो मनमा गलत विचार आउन थाल्यो । सतगुरुलाई सम्मान गर ।

म एकदमै मजबुर छु । यहाँ सतगुरुको आदेश मान्नुपर्छ । यहाँ कुनै दुईवटी युवती आपसमा कुराकानी गर्न सक्दैनन्, घरपरिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँदैनन् । घरपरिवारको फोन आए पनि महाराजको आदेशअनुसार टेलिफोन वार्तामा पूर्णत: बन्देज लगाइएको छ । यदि कुनै युवतीले डेराको यो सत्यताका बारेमा कुरा गर्न थाले उसको मुख बन्द गरिदिनु भन्ने महाराजको आदेश छ ।

पछिल्ला दिनहरूमा जब भठिण्डा (पन्जाब)की एक साधु युवतीले महाराजका काला कर्तुत सबै महिलाहरूका अगाडि खुलासा गरिन तब कयौं साधु युवती मिलेर उनलाई कुटपिट गरे । घर गैसकेकी कुरुक्षेत्र जिल्लाको एक युवतीले घरपरिवारलाई डेराको यर्थात बताइदिइन् । उनका भाइ डेराका सेवादार थिए, उनले सेवा छाडेर डेरासँगको नाता तोडे ।

संगरुर जिल्लाकी एक युवतीले घर आएर छिमेकीहरूसँग डेरामा हुने कालो कर्तुतका बारेमा बताइन् । त्यसपछि बन्दुकले लैस डेराका गुण्डाहरू केटीको घर पुगे । उनीहरूले कोठाको चुकुल लगाएर विभिन्न धम्की दिँदै भविष्यमा कसैलाई केही नभन्न भने । यस प्रकारका कयौं युवती मानसा, फिरोजपुर, पटियाला, लुधियाना जिल्लामा छन्, जो घर पुगेर पनि चुपचाप छन् किनभने उनीहरूको ज्यानमाथि खतरा छ । यसैगरी सिरसा, हिसार, फतेहावाद, हनुमानगढ, मेरठ आदि जिल्लाका कयौं युवती डेराको गुण्डागर्दीका अघि केही बोल्न सक्दैनन् ।

अत: तपाईंसँग अनुरोध छ कि मैले यसमा आफ्नो नाम उल्लेख गरे भने ती सबै युवतीका साथसाथै मलाई पनि मेरो परिवारसँगै मारिदिनेछन् डेराका गुण्डाहरूले । यद्यपि म न त चुप बस्न सक्छु र न त मर्न नै चाहन्छु, म जनताका अघि सत्य ल्याउन चाहन्छु । यदि तपाईंले सञ्चार माध्यमबाट कुनै एजेन्सीलाई अनुसन्धान गराउने हो भने डेरामा रहेका ४० देखि ५० जना युवती, जो भय र डरमा छन्, पूरा विश्वास दिलाए सच्चाइ बताउन तयार छन् ।

हाम्रो डाक्टरी जाँच गराइयोस ताकि हाम्रा अभिभावक एवं तपाईंलाई थाहा हुनेछ कि हामी कुमारी हौं कि होइनौं ? यदि होइनौं भने कसबाट बर्बाद भएका हौं ?

(डेरा सच्चा सौदामा कार्यरत अज्ञात साध्बीले १३ मई सन् २००२ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई लेखेको पत्रको भावानुवाद)

साप्ताहिक (कान्तिपुर) बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.