• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • ६ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ९ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ९ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १० घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • १० घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

देउवाले असोज ७ मा महासभालाई सम्वोधन गर्ने

admin २०७४, भाद्र, २७

काठमाडौं २७ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघीय महासभालाई असोज ७ गते सम्वोधन गर्ने भएका छन् । उनले महासभामा नेपालको पछिल्लो राजनीतिक अवस्था, विश्व शान्तिमा नेपालमा पुर्‍याएको योगदान लगायतका विषयमा बोल्ने छन् । महासभामा १ सय ९३ मुलुकका प्रतिनिधिको उपस्थिति हुनेछ । यसको एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रीभोजमा देउवा सहभागी हुनेछन् । अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) अन्तरगत सबैभन्दा ठूलो सहयोग घोषणा गरेलगत्तैको अवस्थामा यो भेट अर्थपूर्ण हुने अधिकारीहरुले बताए । प्रधानमन्त्री देउवासँग साइडलाइनमा अमेरिकी विदेशमन्त्री र उपविदेशमन्त्रीहरुले भेट्ने कार्यक्रम बनिरहेको समेत अधिकारीहरुले बताए ।

महासभामा प्रधानमन्त्रीले दक्षिण एसियाका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनी १५ सदश्यीय नेपाली टोलीको नेतृत्व गर्दै अगामी असोज ३ मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । टोलीमा प्रधानमन्त्रीको तर्फबाट ९ जना (तीन सरकारी संचारमाध्यमका पत्रकारसहित) र परराष्ट्र मन्त्रालयको तर्फबाट ६ जना छ । प्रधानमन्त्री भएपछि उनको यो दोस्रो विदेश भ्रमण हो । पहिलो भ्रमणका रुपमा उनी भारत गएका थिए । नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले पनि उनको भ्रमणलाई परराष्ट्र मन्त्रालयले जोड दिएको थियो । दुई वर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता भएको छैन । महासभामा उनले दुई दशकपछि भएको स्थानीय निर्वाचन र मंसिरमा हुन लागेका दुई तहका चुनाव बारे जानकारी दिनेछन् ।

उनले राष्ट्रसंघको साइडलाइनमा अमेरिकी बाहेक अन्य उच्चस्तरीय राजनीतिज्ञहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भइरहेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ । प्रधानमन्त्री देउवाका साथमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा सोमबार नै चीनको छ दिने भ्रमण सकेर फर्केका छन । राष्ट्रसंघको ७२ औं महासभामा यसपटक पनि सधैंझैं मानव अधिकार, शरणार्थी मामिला, दिगो विकास लक्ष्य, भूपरिवेष्टित र अतिकम विकसित मुलुक, शान्ति निर्माण कोष, पुरातात्त्विक संरचनाको संरक्षण, क्षेत्रीय शान्ति र क्षेत्रीय संगठनको उपस्थितिलगायत दर्जन बढी विषयमा छलफल हुनेछ । सबैमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराको सहभागिता रहनेछ । विश्व शान्ति सम्बन्धी विविध कार्यक्रममा पनि सहभागिता रहने बताइएको छ । गत वर्ष घोषित दिगो विकास लक्ष्यको कार्यान्वयन, शान्ति स्थापनार्थ नेपालजस्ता मुलुकले गरेको प्रयास, विश्व शान्तिमा जाने सेनाको संख्या बढाउने, अधिकृतको कोटा बढाउने लगायत विषयमा छलफल हुने परराष्ट्र अधिकारीले बताए ।

खाडीका राजदूतहरुलाई ओमानमा निर्देशन दिने

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्कने क्रममा फुलपातीको दिन खाडीस्थित राजदूतहरुलाई निर्देशन दिने छन् । खाडीमा रहेका राजदूतहरुलाई त्यसदिन ओमानको मस्कटमा भेला हुन परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेका छन् । भेलामा साउदी अरेबिया, कतार, बहराइन, इजिप्ट, इजरायल, कुवेत, मलेसियाका राजदूतहरु तथा युनाइटेड अरब इमिरेट्स युएईका कार्यबाहकलाई बोलाइएको छ ।

महराको अध्यक्षमा सार्क बैठक न्यूयोर्कमा

उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठक महासभाको साइडलाइनमा हुनेछ । बैठकमा आगामी सार्क शिखर सम्मेलनको तिथी तय गर्ने बारे छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुन आठै सदस्य मुलुकका विदेशमन्त्री वा उनीहरु नभए न्यूयोर्क स्थित स्थायी प्रतिनिधी सहभागि हुने छन् । कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.