Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

यस्तो छ वल्र्डलिंकको माहन चाड उपहार योजना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ७
यस्तो छ वल्र्डलिंकको माहन चाड उपहार योजना

काठमान्डाैं,

इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३ इन्चको स्यामसुङ्ग फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने मौका पाउनुहुनेछ । त्यस्तै सियोरसट अफरमा हरेक ग्राहकले तिन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा रु १००० नगद फिर्ताका साथै १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा रु २००० नगद फिर्ता पाउनुहुनेछ ।

वल्र्डलिंकले ग्राहकवर्गमाझ केन्द्रित हुदैँ इन्टरनेट सेवा प्रदायकको रुपमा आफ्नो गुणस्तरलाई बढाउने लक्ष्य अनुसार सियोरसट, साप्ताहिक लक्की ड्र लगायत बम्पर अफरहरु प्रदान गर्न लागेको हो । यी अफरहरुको अवधि भाद्र २७ बाट सुरु भई मंसिर २७ सम्म रहनेछ । अफरहरुका लागि यस अवधि भरमा ग्राहकहरुले भुक्तानी गर्दा एउटा इस्क्राच कार्डमा इस्क्राच गरी तोकिए बमोजिमका अफरहरु पाउन सकिने वर्लड लिंकले बताएको छ  ।

Top Changing Nepal

युट्युब सट्स