अाठराइमा झुन्डिएको अवश्थामा भेटिए सशस्त्र प्रहरी सहायक निरीक्षक
admin
२०७४, आश्विन, ८
तेह्रथुम, आठराई
तेह्रथुमको आठराई सक्रान्तीबजार सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ शनिबार राति झुन्डिएको अवस्थामा भेटिएका छन्। एकचालिस वर्षीय गुरुङ घर विदामा बसेका थिए ।
अाफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेका गुरुङको शव लाइ परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने बताइएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका थिए ।