नेपाल परिवर्तनमा संचार जगतको भुमिका महत्त्वपूर्ण- नेता कंडेल
जानकारी केन्द्र
२०७४, आश्विन, ८
रबिन्द्र यादव
नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपालमा अाम संचार माध्यमको महत्पूर्ण भुमीका रहेको बताउनु भएको थियो । नेता कण्डेलले हरेक नेपालको ऐतिहासीक परिवर्तनको बेला नेपाली पत्रकार र नेपाली अाम संचार माध्यमको महत्वपुर्ण योगदान रहदै अाएको चर्चा गर्नु भएको थियो । समाज रुपान्तरण मा पनि संचारको उतिकै सहयोग रहेको बताए । शनिवार नवलपरासीको भुजहवा स्थित बर्दघाटे मन्दिरको परिसरमा त्रिबेणी सञ्चार मञ्च , न्युज एट नेपाल डट कम अनलाईन , अनलाईन जनता र चर्चा अनलाईनले संयुक्त रुपमा आयोजना गरेका बडा दशै शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै नेता कण्डेलले यस्तो बिचार राख्नुभएको हो । यसैगरी नेता कण्डेलले आगामी दिनमा आउदै गरेको प्रदेश र प्रतिनिधी सभाका निर्वाचनमा पनि नेपाली संचार जगतको महत्वपुर्ण भुमीका हुनुपर्नेमा जोड दिनु भयो । कण्डेलले सिमा क्षेत्रमा देखिएको बिभिन्न समस्या कुटनितिक पहलबाट समस्या समाधान गर्नुपर्ने शुझाब दिदै यसका लागी आफुले पनि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नाका खोल्न दुई देशको सहमतिमा मात्र संभव हुनेमा जोड दिए । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघमा प्रदेश ५ बाट नवनिर्वाचित केन्द्रीय सदस्य पुरुसोत्तम सुवेदीलाई त्रिबेणी संचार मंच र अनलाइन जनताले सम्मान समेत गरेको थियोे । उक्त कार्यक्रम वरिष्ठ पत्रकार बृजराज कुशवाहाको अध्यक्षता भएको थियोे जसमा प्रमुख अतिथि देवेन्द्रराज कंडेल विशेष अतिथि पुरुसोत्तम सुवेदी, मधेसी पत्रकार समाजका केन्द्रीय सदस्य देशबन्धु यादव, नेपाल पत्रकार महासंघ कार्य समिति सदस्य हुसेन अन्सारी, लक्ष्मी हरिजन, श्याम थापा, नन्दु प्रसाद यादव, रविन चापागाईं, प्रकाश न्यौपाने लगायतको सहभागिता थियो
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

