बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा कांग्रेस
जानकारी केन्द्र
२०७४, आश्विन, १८
काठमाडौं १८ असोज ।
कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्रसुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए।
दाहालको सो आग्रहका साथै एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी एकताकै प्रयासमा लागेपछि कांग्रेस लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ।
प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पनि पुगेको स्रोतको दाबी छ।
कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

