• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • ६ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • ७ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • ७ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • ८ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ११ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ११ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १२ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

  • २. भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

  • ३. राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने

  • ४. पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

  • ५. जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

  • ६. आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु

  • ७. गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

  • ८. नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

  • ९. कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • १०. प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

नेपाल-चीन सीमाका दुई जंगेपिलर गायब

admin २०७४, आश्विन, २५

काठमाडौं २५ असोज । नेपाल-चीन सिमानामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन्। गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन्। यसअघि प्रोकको तोम भन्ने ठाउँमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन्। सिकार खेल्न र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका-४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए।

पहरामा रातो अक्षरले एकातिर नेपालीमा र अर्कोतिर चिनियाँ भाषामा ३७ नम्बर लेखेर छाडेको छ। सिकारी र यार्सा टिप्न जानेहरू पिलर छैन भन्छन्’ उनले भने, ‘कहाँ हरायो, कहिलेदेखि हरायो, केही थाहा छैन।’ आवतजावत गर्न कठिन ठाउँमा रहेकाले सीमास्तम्भबारे जानकारी पाउन गाह्रो भएको उनको भनाइ छ।
साविक प्रोक गाउँपञ्चायतका पूर्वअध्यक्ष छिरिङ लामाका अनुसार तत्कालीन राजा वीरेन्द्रको पालामा सीमास्तम्भ अद्यावधिक गरिएको थियो। ‘सिमाना हेर्न चिनियाँ आएका थिए। साम्दोका बूढाहरू पनि आएका थिए। हामीलाई पनि जाऊँ भनेका थिए’, उनले भने, ‘हामी कोही पनि जान सकेनौं। त्यसपछि खोजतलास पनि गरेनौं। अहिले सिकारीहरू पिलर छैन भन्छन्।’ जंगेपिलर राखिएको ठाउँमा पुग्न तिब्बततिरबाट घुमेर जाँदा तीन दिनभन्दा धेरै लाग्ने उनले बताए।

‘हाम्रोतिरबाट त डोरीमा झुन्डिएर सिकारी मात्र जान सक्छन्। जो पायो त्यही जान पनि सक्दैनन्’, उनले भने, ‘तोम भन्ने ठाउँमा ठूलो चौर छ। उहिलेको घरका गारो पनि छ।’ यो ठाउँमा बाटो खोल्न सके तिब्बती सहर जोङ पुग्न सबैभन्दा छोटो बाटो बन्नेछ। ‘घुमेर जाँदा तीन दिन लाग्छ। यो बाटो खुलाउन सके जोङ सहर एकैदिनमा पुगेर फर्किन पनि सकिन्छ’, वडाध्यक्ष पेमाडुन्डुप भन्छन्।
चुम्चेतको सीमास्तम्भ पनि हराएको त्यहाँका स्थानीय गोपाल लामा बताउँछन्। त्यहाँ ३८ नम्बरको पिलर छ। बाटो नपर्ने भएकाले स्थानीय सीमास्तरम्भ रहेको ठाउँमा जाँदैनन्। सिकारी र यार्सागुम्बा टिप्न जानेहरूले भनेपछि मात्र जानकारी भएको उनको भनाइ छ। ‘मान्छे हिँड्ने बाटो पनि पर्दैन। हामी कोही पनि त्यहाँ गएका छैनौं’, पूर्वगाविस अध्यक्षसमेत रहेका लामाले भने, ‘सिकारीहरू अहिले त्यहाँ कतै पनि पिलर छैन भन्छन्।’ सरकारले पनि खोजी नगरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.