लोकतान्त्रिक फोरम–नेपाली कांग्रेस पार्टी एकताको अन्तिम तयारीमा
जानकारी केन्द्र
२०७४, आश्विन, २७
२७ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले आगामी चुनावका लागि उम्मेदवार मनोनयन गर्नु अगाडि नै नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग एकता गर्ने दाबी गरेका छन । “पार्टी एकताको विषयमा छलफल भएको छ । सहमतिको नजिकै पुगेका छौँ । केही प्राविधिक विषयहरु मिलाउँदैछौँ । मिल्नासाथ पार्टी एकीकरण हुन्छ ।” विश्वकर्माले भने ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा सासंदसमेत रहेका विश्वकर्माले संघीय संसदको निर्वाचन गर्ने विधेयक र प्रादेशिक तहको निर्वाचन विधेयक पारित भइसकेको बताएका छन् । तर राष्ट्रिय सभाको निर्वाचन प्रक्रियाको बारेमा भने राजनीतिक दलबिच विवाद भएकाले विधेयक पारित गर्न नसकिएको विश्वकर्माले बताए । वाणिज्यमन्त्रीसमेत रहेका विश्वकर्माले सहमति भयो भने यो विधेयक पनि अगाडि बढाउने बताए ।
शुक्रवार व्यवस्थापिका संसदको अवधि सकिदैछ । तर संसदले पास गराउनुपर्ने एक दर्जन जति विधेयक अलपत्र छन् । आजै संसदको अन्तिम बैठक बस्दैछ । निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक विधेयहरु भने सबै पारित भइसकेको सासंदहरुले बताएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी विधेयकमा नेकपा एमाले र माओवादी केन्द्रको आशय र नियत बुझ्न नसकिएको विश्वकर्माको भनाई छ । सरकारको तर्फबाट विधेयक पारित गराउनका लागि अहोरात्र खटिएको उनले दाबी गरे । आज सहमति भएर विधेयक पारित हुने विश्वास विश्वकर्माले लिएका छन् ।
विश्वकर्माले निर्वाचनप्रति आशंका व्यक्त गरिएको भन्दै सरकार निर्वाचन गराउनका लागि तयार रहेकाले शंका नगर्न सबैमा आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

