अबको नेपाल विकासको बाटोमा : सञ्चारमन्त्री बस्नेत
काठमाडौँ, ९ कात्तिक : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभएको छ ।नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका लोकतान्त्रिक पार्टी आबद्ध लोकतान्त्रिक गठबन्धनद्वारा यहाँ आज आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले समृद्ध नेपाल निर्माणका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनले सिन्धुपाल्चोकबाट आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जित्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएका बस्नेतले सरकारले छिट्टै प्रत्येक विद्यालयमा कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार पशुपतिशम्शेर जबराले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराएको खण्डमा मुलुकमा द्रुतगतिमा विकास हुने दाबी गर्नुभयो ।सिन्धुपाल्चोक जिल्लाबाट प्रदेश सभाका उम्मेदवारहरू निमा लामा, विष्णु खत्री, विकास तामाङ र राजेन्द्र श्रेष्ठले आगामी मंसिर १० गते हुने निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

