प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग
अनवर अहमद : मलंगवा,सर्लाही ११ कार्तिक । प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग सर्लाहीवासीले गरेका छन ।प्रदेश नं.२ को राजधानी जनकपुर वा बिरगंजमा राखिने भन्ने चर्चा चलिरहेको बेला सर्लाहीबासीले प्रदेशको राजधानी सर्लाही मै राखे उपयुक्त हुने बताएका छन ।सर्लाहीको मलंगवा नगरपालिका मा राजधानी निर्माण संघर्ष समितिदृारा आयोजित बृहत छलफल कार्यक्रममा उपस्थित बक्ताहरुले प्रदेशको राजधानी सर्लाहीमै राखे उपयुक्त हुने सुझाएका थिए ।
प्रदेशको केन्द्र विन्दुमा पर्ने सर्लाही,राजधानी को लागि अति उत्तम र भविष्यमा सेवाग्राहीको लागि सुगम समेत हुने बताइएको थियो । सर्लाहीमा रहेको हजारौ विघा सरकारी (ऐलानी) खाली जग्गा समेत प्रयोगमा ल्याउन सकिने वक्ताहरुले भनेका थिए ।>त्यस्तै विभिन्न अधिकारको आन्दोलनमा सर्लाहीबासी अग्रस्थानमा रहिआएकोले,प्रदेशको राजधानी सर्लाहीमा राखे मधेश आन्दोलनमा शहिद भएका शहिदहरु तथा तीनका परिवारजनमा पनि आन्दोलनको प्रतिफल प्राप्त हुने सर्लाहीवासीको ठम्याई रहेको थियो ।
छलफल कार्यक्रममा सर्लाहीको २० औं स्थानीय तह नगरपाललिका तथा गाउपालिकाका प्रतिनिधिहरु,राजनितिककर्मी,नागरिक समाज,स्थानीयवासी तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा राजधानी निर्माण समिति सर्लाहीका संयोजक बख्तियार अलिले भोली देखि नै जिल्ला भरिमा प्रदेश नं.२ को राजधानी सर्लाहीमा हुनु पर्ने माग सहित हस्ताक्षर अभियान चलाईने र सरकारले यदि हाम्रो जायज माग लाई बेवास्ता गरे समितिले चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउनुभयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

