Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

एसिया कपका लागि यू–१९ क्रिकेट टिमको घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १२
एसिया कपका लागि यू–१९ क्रिकेट टिमको घोषणा

काठमाडौं, कात्तिक १२ गते । मलेसियामा हुने गइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज नेपाली टोलीको घोषणा गरिएको छ ।नोभेम्बर महिनाको दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजुुको छनोट समितिले खेलाडी छनोट गरेको हो ।
छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन । यस्तै सन्दिप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।
नेपाली युवा टिम सोमबार बंगलादेश प्रस्थान गर्दै छ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको यू–१९ टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ । एसिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठवटा देशको सहभागिता रहने छ ।

Top Changing Nepal

युट्युब सट्स